कहिल्यै ताला लाउनु पर्दैन घरमा


‘पहिला आफ्नो थैलीको गाँठो बलियो बनाऊ, अनि मात्रै अरुलाई दोष लगाऊ’ आफ्नो धनसम्पत्ति सुरक्षको जिम्मा आफ्नै हो । यसका लागि आफैं सचेत हुनुपर्छ, अनिमात्रै सुरक्षा हुन्छ भन्ने यो पुरानो उत्ति हो ।
यसै भनाइृलाई शिरोधार्य गर्दै हामी घरबाहिर जानु परे ढोकामा चुकुलमात्रै होइन ‘भोटे ताल्चै’ ठेकेर हिँड्छौं । तर बझाङको साइपाल गाउँपालिकाका पाँचवटै वडाका कुनै घरमा कहिल्यै ताल्चा लाग्दैन । मूल्यवान सामानहरू जताततै छरपस्ट हुन्छ । कसैले लाँदैन, हराउँदैन । वर्षभरि उब्जाइएका अन्नपात खलोमै हुन्छ  ।


कुनै वस्तु कसैले लुकाएर राख्दैन । जोसुकैलाई कुन घरको सामान कहाँ राखिएको छ, सबै थाहा हुन्छ । कसैले कसैको सम्पत्तिमाथि टेडो आँखा लगाउँदैन ।
यो ठाउँमा अहिलेसम्म कहिल्यै चोरी भएको छैन । उच्च हिमाली भूभागमा पर्ने यस गाउँपालिकामा गहुँ, जौ, उवा, फापर, कोदोलगायत अन्न प्रशस्त फल्छ । ३ र४ परिवार मिलेर एउटै खलो प्रयोग गर्छन् । खलो घरभन्दा केही टाढै हुन्छ ।
खरको छाप्रो हालेर बनाइएको खलोको बीचमा अन्नपात चुट्ने ठाउँ हुन्छ । वरिपरि ढुंगाको पर्खाल लगाएर भकारी राख्ने ठाउँ बनाइन्छ । तीन–चार परिवारले आ–आफ्नो पर्खालमा लहरै भकारी राख्छन् ।
वर्षाबाट जोगाउन खरको छानो बनाए पनि खलोको चारैतिर खुलै हुन्छ । खलोमा ४०÷५० क्विन्टलसम्म अन्न हुन्छ, तर कसैले आफ्नोबाहेक अरुको हेर्दैन ।
धलौन, काँडा, चुकझाड, लासी, धुली, न्युना, बलौडी, जिमालगायत गाउँका बासिन्दा आफूलाई लाँगा देवताको करिया ठान्छन् । धुलीका मानिस त लाँगाकै सन्तान भएको विश्वास गर्छन् । कसैले चोरी गरे लाँगा देवता रिसाएर कुलमा अनिष्ट हुने विश्वासले चोरीचकारी केही नहुने स्थानीयको भनाइ छ ।
आलुचोतो (एक प्रकारको हिमाली मूला) लगायत तरकारी पनि खेतमै खाल्डो खनेर भण्डारण गरिन्छ । यहाँका मान्छेका लागि चोरी खानु र मर्नु एउटै हो भन्ने मान्यता अहिले पनि कायमै छ ।
चोरीका घटना नभएको देखेर प्रहरी प्रशासन पनि अचम्ममा पर्छन् । यहाँको समाज देखेर प्रहरीहरु अचम्ममा परेको उनीहरु बताउँछन् ।







सम्बन्धित समाचारहरू

को आउला नेपाल वायुसेवा निगमको व्यवस्थापन चलाउन ? ग्लोबल टेन्डरको तयारी
विश्वकप फुटबलको छनोटमा नेपाल र अष्ट्रेलिया भिड्ने, खेल कुन शहरमा होला ?
गुल्मी समाज भिक्टोरियाको अध्यक्षमा गान्धी भट्टराई चयन, सकियो साधारणसभा
सिड्नीमा नेपाली हिन्दु समाज अष्ट्रेलियाको श्रीमद् भागवत सप्ताह सम्पन्न
नेपाली उत्पादनको लागि ऐतिहासिक फड्को, गोल्डस्टार जुत्ताको आधिकारिक शोरुम सिड्नीमा (with Video)
वर्षातको असर, कुलेखानी जलविद्युत आयोजना पूर्ण क्षमतामा सञ्चालन, ड्याम बचाउन नियन्त्रित निकास
मेलबर्नमा मेट्रो रेल दुई कारसँग ठोक्किएर दुर्घटना, यात्रु र ड्राईभर सुरक्षित
विश्वकप क्रिकेटको उपाधि आयोजक बेलायतलाई, न्यूजिल्याण्डसँग बराबरी भएपछि सुपर ओभरमा निर्णय
error: Content is protected !!