रोजगारीको माध्यम बन्यो सालको पात


सालको पातको ए माया टपरी हुने…..
बोलको यो कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको लोक दोहोरीले हिट खाएको छ । मेलापात मात्रै होइन, काठमाडौंका नाम दोहोरी रेस्टुरेन्टदेखि सबका मनमा यही गीत गुन्जिन्छ । गीतले सालको पाटको टपरीलाई डिनर प्लेटको मोहलाई एक पटक विर्साइदिएको भान हुन्छ ।


सुर्खेतको वीरेन्द्रनगरस्थित रामजानकी दुनाटपरी उद्योगका परिश्रमी ११ महिलाको कामले पनि यस्तै चर्चा पाएको छ । उनीहरुलाई टपरी बुन्न भ्याइनभ्याइ छ । सायद बिहेको लगनका बेला भएर हो कि ।
माग बढ्दै गएकामा उद्योगी मख्ख छन् । यहाँ कार्यरत महिला बिहानदेखि साँझ अबेरसम्म व्यस्त देखिन्छन् । वीरेन्द्रनगर र आसपासका व्यापारिक केन्द्रमा माग बढेपछि दुनाटपरी उद्योग फस्टाउँदै गएको हो ।
मंसिर महिना विभिन्न धार्मिक कार्यको सिजन भएकाले उद्योगमा काम गर्नेको व्यस्तता पनि बढेको उद्योगीले बताए । उद्योगका अध्यक्ष नन्दा गुरुङ पनि व्यवस्थापकीय काममा उत्तिकै व्यस्त छिन् । ‘विवाह, ब्रतबन्धलगायत धार्मिक संस्कार यो महिना धेरै हुने गरेकाले दुनाटपरीको माग बढेको हो,’ उनले भनिन्, ‘स्थानीयस्तरमै माग पु¥याउन भ्याइनभ्याई छ ।’
उनका अनुसार उद्योगमा आर्थिक अवस्था कमजोर भएका महिलाको संख्या धेरै छ । माग बढ्दै गएपछि काम गर्नेको संख्या पनि बढाएको गुरुङले बताइन् ।
दुनाटपरीबाट आएको रकमले महिला आत्मनिर्भर बन्दै गएका छन् । उद्योगमा दुई पुरुषले समेत जागिर खाएका छन् । गाउँमै उद्योग खुलेपछि आसपासका बासिन्दालाई समेत सजिलो भएको छ । यसअघि दुनाटपरी बाहिरबाट मगाउनुपर्ने बाध्यता थियो । अहिले भने गाउँमै मेसिनबाट दुनाटपरी बनाउने भएकाले सजिलो भनएको उपभोक्ता बताउँछन् । परम्परागत र हातले निर्माण गरेका भन्दा मेसिनबाट उत्पादित दुनाटपरी आकर्षक र टिकाउ हुने प्रयोगकर्ताले बताए ।
उद्योगले स्थानीय सामुदायिक वनसँग १० वर्षका लागि पात टिप्ने सम्झौता गरेको छ । जंगलमा संकलन भएको सालको पातबाट उद्योगले विभिन्न आकारका दुनाटपरी उत्पादन गरिरहेको छ ।
यहाँ उत्पादित दुनाटपरी जिल्लाका विभिन्न स्थानका साथै म्याग्दी, कोहलपुर, कालिकोटलगायत ठाउँमा जाने गरेको अध्यक्ष गुरुङले बताइन् । यो सिजनमा स्थानीयस्तरमै मागअनुसार पु¥याउन मुस्किल मुस्किल भएको उनले जानकारी दिइन् । दुनाटपरीको माग चाट पसल र होटलहरूमा पनि हुने गरेको छ ।
उद्योग स्थापनासँगै स्थानीय महिलालाई घरखर्च चलाउन सहज भएको बताएका छन् । आफैं आम्दानी गर्न थालेपछि सामाजिक व्यवहारमा सकारात्मक परिवर्तन आएको यहाँ काम गर्नेहरु बताउँछन् । जुम्लाकी कलमदरी बुढाको भनाइमा उनले यहाँ काम गरेर मासिक ९ हजार रुपैयाँसम्म कमाउँछिन् । ‘आफ्नो खर्चका लागि अरूसँग हात थाप्नु नपर्ने भएको छ,’ बुढाले भनिन्, ‘आजभोलि आफ्नै कमाइले घर खर्च चलेको छ ।’







सम्बन्धित समाचारहरू

अष्ट्रेलियामा उबर ईट्सको विकल्पमा ड्रोनले खाना डेलिभरि गर्ने योजना स्वीकृत, क्यानबेरामा कार्यान्वयन अर्को साताबाट
सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन बजारमा, विश्वमै पहिलो
आमाको पेटमा रहेको बच्चा निकालेरे अपरेशन अनि फेरि पेटमै फिर्ता !
म्याग्दीको जङ्गलमा भेटियो दुर्लभ मानिएको ‘किङ्ग कोब्रा’
ईन्स्टाग्राममा सबैभन्दा लोकप्रिय तस्वीर अण्डाको, २ करोड ३० लाख लाईक
रोजगारीको माध्यम बन्यो सालको पात
हातमा सधैं झाडु, ‘धरती माताको मुख नधोइदिई बस्न सक्दिन’
कहिल्यै ताला लाउनु पर्दैन घरमा
error: Content is protected !!