‘मदर अफ पञ्चायत’ भनिने पूर्वप्रधानमन्त्री तुलसी गिरीको निधन र केही प्रश्न !


– रमन अधिकारी/ एडिलेड

नेपालमा पंचायती ब्यवस्था स्थापना गर्ने प्रमुख योजनाकार मध्येका एक पुर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन भयो । सन् १९२६ मा हालको सिराहा जिल्लामा भएको थियो। मेडिकल डाक्टर भएर पनि उनी राजनीतिमा होमिएका थिए । नेपाली कॉंग्रेसबाट राजनीति शुरु गरेका गिरी २०१५ सालमा वीपी कोइरालाको मन्त्रिमण्डलमा पर्न सफल भए, यति मात्र हैन राजनीति जीवनको छोटो कालखण्डमा नै नेपाली कॉंग्रेसको महामन्त्री जस्तो ससक्त पद पनि हात पार्न सफल भएका थिए। मन्त्रिमण्डलको प्रवेश संगै बिस्तारै राजा महेन्द्र संग हिमचिम बढ्न शुरु हुन थाल्यो। वीपी कोइराला नेपाललाई विश्व सामु चिनाउन संयुक्त राष्ट्रसंघ जस्ता संघ संस्था भाग लिन गइरहने गर्दे थिए ।

KATHMANDU, NEPAL: Nepal’s King Gyanendra (R) is greeted by the vice-chariman of the Council of Ministers Tulsi Giri (L) at Tribhuvan International Airport in Kathmandu, 29 April 2005, upon his arrival from Singapore. Gyanendra led a Nepalese delegation to the Asian-African Summit in Jakarta from 22-23 April. AFP FILE PHOTO/DEVENDRA M SINGH

यता भने राजा महेन्द्र र तुलसी गिरीहरुको चक्रव्यूहमा विपी कोइराला र प्रजातन्त्रका पक्षधरहरु पर्दै गए। फलत नेपालको इतिहासमा २०१७ पौष १ गते निर्दलीय पंचायती ब्यवस्थाको रुपमा आयो । यो संगै जनताका अधिकार राजामा सिमीत हुनपुग्यो । जनताका हातबाट प्रजातन्त्र खोस्ने काम भयो। मानव अधिकार जस्ता अधिकारबाट जनता बन्चित हुन पुगे। यसरी नेपालमा राजतन्त्र युग शुरुवात हुनपुग्यो। यस्का जननी मध्येका एक हुन डा। तुलसी गिरी ।

यस लगत्तै बीपी कोइराला लगायत सयौ प्रजातन्त्र प्रेमी नेता कार्यकर्तालाई जेल चलान गरियो। पटक पटक प्रधानमंत्री र मन्त्रिपरिषदको अध्यक्ष भएका गिरी राजसंस्था प्रति कटर समर्थक हुनु र प्रजातन्त्रका लागी लड्ने जनसमुदायहरुको हुर्मत लिन तल्लिन रहे। २०३६ सालमा राजाले जनमतसंग्रहको आव्वान गरे संगै यस्को विरोध गर्दै उनी श्रीलंका लागे यसबाट पनि बुझ्न सकिन्छ कि उनी प्रजातन्त्र प्रति कति अनुदार थिए। त्यसपछि देखा नपरेका गिरी एक्कै पल्ट राजा बीरेन्द्रको वंश नाश संगै ज्ञानेन्द्रको थाप्लोमा आइपुगेको राजसंस्थामा जब ज्ञानेन्द्रले महेन्द्र कार्ड फाल्दै देशलाई फेरि राजतन्त्र फर्काए त्यसवेला मन्त्रिपरिषदको उपाध्यक्ष बन्न पुगे । २०६२र६३ आन्दोलनले राजसंस्थालाई धाराशाही बनाएपछि उनी फेरी भारतका बिभिन्न शहरहरुमा बस्न थाले । तर्कशील, निडर र निरंकुश स्वभावका गिरी केही बर्ष यता काठमांडूको बुढानिलकन्ठ बस्दै आएका थिए कलेजोको क्यानसरका कारण ९३ वर्षको उमेरमा उनको निधन भयो। पटक पटक गरी ४ पटक प्रधानमन्त्री वा मन्त्रिपरिषदको उपाध्यक्ष भएका गिरीले देश र जनताको लागी भने केही उल्लेखनीय काम गरेनन् । गिरी हरेक पटक आफ्नो अडानका लागि भने चिनिन्छन् ।

उनले सुरुदेखि नै एकदलीय एकतन्त्रीय शासनको नै वकालत गरिरहे चाहे त्यो काँग्रेसभित्र हुँदा होस् या राजाको भित्री क्याम्पमा । उनले यस्तो व्यवस्था नेपालको लागि आवश्इक छ भनेर सदैव त्यसको वकालत गर्दागर्दै आफ्नो जीवन सकाए । राजा महेन्द्रको रोजाईमा परेका उनी फेरि दोश्रो पटक राजा ज्ञानेन्द्रको रोजाईमा समेत परे । यसकोएकमात्र कारण राजा ज्ञानेन्द्रको महेन्द्रीय पथ नै थियो भन्ने कुरामा दुईमत छैन । तर, नेपालको खोलामा पानी धेरै बगिसकेको थियो । राजा ज्ञानेन्द्रले तत्कालीन समयमा यसको कुनै जवाफ नदिएपनि कीर्तिनिधि विष्ट, गिरी जस्ता व्यक्तिहरुलाई बोकेर उनले २१ औं शताब्दीमा नेपाललाई कहाँ लैजान खोजेका थिए भन्ने प्रश्नको उत्तर भने स्वयं ज्ञानेन्द्रले दिन सक्नेछन् ।

यो प्रश्नको उत्तरमा नै उनको शासनसत्ता र २ सय ४० वर्षीय राजाको शासन कसरी गयो भन्ने कुरा प्रष्ट हुन सक्नेछ । यतिबेला केही व्यक्तिहरु फेरि राजा आउन सक्छन् भन्ने आंकलन र अनुमान गर्छन् । केही वादविवाद पनि भएका छन् । तर, यो प्रश्नको उत्तर नखोजी उनको पुनरागमनको कल्प्ना त के सोचाई समेत ल्याउन सकिँदैन । त्यसैले तुलसी गिरीको निधनमा यो प्रश्न फेरि सतहमा आएको छ ।







सम्बन्धित समाचारहरू

मेलबर्नको ला ट्रोव युनिभर्सिटीमा नेपाली नयाँ वर्ष र बुद्ध जयन्ती यसरी मनाइयो !
पेरुका पूर्व राष्ट्रपतिको आत्महत्या प्रकरण, ३ करोड डलर घुसको आरोप लागेको थियो
‘आईलभ यू भन्न मन लाग्यो’ गीतका लेखक दिनेश थपलिया बने प्रमुख निर्वाचन आयुक्त
वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन, श्रद्धाञ्जलीका लागि पार्थिव शरीर निवासमा राखिने
सर्वोच्चको निर्णय पश्चात एक साताभित्रै करिब चालिस अर्ब कर तिर्न एनसेललाई ताकेता
जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिने कामको लागि सर्वोच्चको ग्रिन सिग्नल
राष्ट्रिय खेलकुदमा एनआरएन खेलाडीको पहिलो स्वर्ण, अष्ट्रेलियन नेपाली बज्राचार्यले दिलाए उपाधि
गरिबको विद्यालय समता स्कूलले कसरी राख्यो वल्र्ड रेकर्ड !
error: Content is protected !!