अफ्रिका लगिँदै गरेका १३ नेपाली चेली फर्काइए


अफ्रिकी मुलुकमा हुँदै बेच्न लग्दै गरेका १३ नेपाली चेलीलाई मंगलबार भारतको बैंलोर र अहमदावादबाट उद्धार गरिएको छ । भारतीय बाटो हुँदै अफ्रिकी डान्सबार लग्न लागिएका ती केटीहरुलाई मंगलबार नै नेपाली जनसम्पर्क समितिले काठमाडौं ल्याइपुर्‍याएको छ ।
भारतीय गृह मन्त्रालय र त्यहाँस्थित नेपाली दूतावासको सहयोगमा समितिले उनीहरुको उद्धार गरेको हो । उद्धार गरेर काठमाडौं ल्याइएपछि समिति अध्यक्ष बालकृष्ण पाण्डेले भारतीय गृह मन्त्रालय नेपाली दूतावासका कारण सम्भव भएको विमानस्थलमा संचारकर्मीलाई जानकारी गराए ।
समितिले भारतको विभिन्न स्थानबाट अफ्रिकी मुलुकमा बेचिन लागेका ९१ नेपाली चेलीको पछिल्लो महिनामै उद्धार गरेको छ । समितिले दलालहरुसँग नक्कली कागजपत्रसमेत बरामद गरिएको जनाएको छ ।
दलालले ती चेलीको नक्कली कागजपत्र बनाएर अफ्रिकी विभिन्न मुलुकको डान्सबारमा बेच्न लग्दै गरेको पाण्डेले पत्रकारलाई बताए । उनले उद्धारबाट ल्याइएका चेलीको व्यवस्थापन गर्न सरकारसँग आग्रहसमेत गरेका छन् ।
सोही क्रममा पाण्डेले नेपाली चेलीलाई ललाइफकाई अफ्रिकी मुलुक पुर्‍याउने दलालमाथि कडा कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिने जनाए ।







सम्बन्धित समाचारहरू

आफ्नै साथीको नाम दुरुपयोग गर्दै साइबर क्राइम गर्ने किशोरी पक्राउ
निर्मला पन्तको भजानइल स्वाब र उनकी आमा दुर्गादेवी पन्तको डीएनए प्रोफाइल मेल खायो
बाराका प्रमुख जिल्ला अधिकारीको सडक दुर्घटनाको छानविन गरिने, उपचार काठमाडौंमा
अगरबत्तीमा चरेस, डान्सर माया घले लागू औषधको कारोबारमा पक्राउ
एन्फामा अनियमिततालाई अख्तियारले छानविन थाल्यो, छिटो टुंगोमा पुर्याउने
मोबाईलमा अश्लिल तस्वीर भेटेपछि मेलबर्न विमानस्थलबाट नै एक विद्यार्थी देश निकाला
अफ्रिका लगिँदै गरेका १३ नेपाली चेली फर्काइए
निर्मला हत्याकाण्डमा एक व्यक्ति काठमाडौंमा समातिए
English