कमल थापाको गर्जन, राप्रपालाई काँग्रेस र कम्युनिष्टको वैकल्पिक शक्ति बनाउँछौँ


 

राप्रपा अध्यक्ष कमल थापाले कम्युनिष्ट र काङ्ग्रेसको वैकल्पिक शक्तिका रुपमा राप्रपालाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

कम्युनिष्टको विचार बोकेर काङ्ग्रेस कम्युनिष्टको विकल्प बन्न नसक्ने जिकिर गर्दै उहाँले गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयता कम्युनिष्टको एजेन्डा भएकाले त्यो काङ्ग्रेसले बोक्दा काङ्ग्रेस कम्युनिष्टको भाइ पार्टी मात्र बन्छ भन्नुभयोे । 

‘हिन्दूत्व जनजाँगरण अभियान’ अन्तर्गत हेटौँडा–६ मा उक्त पार्टीद्वारा आज आयोजित घरदैलो कार्यक्रममा अध्यक्ष थापाले धर्म, संस्कृति र पहिचानको रक्षाका लागि एक पटक सबै उठ्नुपर्ने समय आएको विचार व्यक्त गर्नुभयो ।

मुलुकमा भ्रष्टाचार मौलाएको छ भन्दै उहाँले वाइड बडी विमान काण्ड, सुन काण्ड र विदेशमा राखिएको कालो धन छानबिनको विषयमा सरकार उदासीन हुनु दुर्भाग्यपूर्ण भएको बताउनुभयो । निर्मला पन्तको विषयलाई अहिलेसम्म टुङ्गोमा पु¥याउन नसक्नु सरकारको निमित्त लज्जाको विषय बन्नुपथ्र्यो भन्दै उहाँले विधिको शासन छैन, मनपरि छ, जसले जे गरे नि हुने अवस्था लोकतन्त्रको निमित्त घातक हुनसक्नेमा जोड दिनुभयो ।
राप्रपा कुनै धर्मको विरोधी नभएको भन्दै धर्म निरपेक्षताले मुलुकमा धार्मिक सद्भाव र द्वन्द्व निम्त्याइएको चर्चा गर्दै थापाले भन्नुभयो, “गरीबी र अशिक्षाका कारण धर्म परिवर्तन गराइएको छ, यो रोकिनु पर्छ । ”
उक्त अभियानमा राप्रपा सहायक महामन्त्री राजाराम बर्तौला, नगरअध्यक्ष गुरुप्रसाद सापकोटालगायतले सम्बोधान गर्नुभएको थियो । सभापछि घरदैलो कार्यक्रम गर्दै वडा परिक्रमा गरिएको थियो ।







सम्बन्धित समाचारहरू

हजारभन्दा बढी नेपाली पढ्ने एआईबीटीको दर्ता खारेज, पीडितलाई सम्पर्क गर्न आह्वान
अस्ट्रेलियाको सिड्नीमा नेपाली सेफ्स मिट सम्पन्न, संगठित हुने म्यान्डेट
न्याभ कप क्रिकेटको फाईनलमा मार्च ३ तारिख नारे किङ्स र रोयल राईनोज भिड्दै
नेपाल आईडलको टप ६ लाई मेलबर्नमा सम्मान, अष्ट्रेलिया टूर सकाएर नेपाल फर्किदै
क्रेगीबर्नमा बालबालिकाहरुको लागि कलाको कक्षा, ५० भन्दा बढी सहभागी
नेपाली काँग्रेसबाट संसदीय सुनवाई विशेष समितिको बैठक बहिष्कार, विपक्षीलाई हेपेको आरोप
उपाधि चुम्नबाट चुक्यो सन्दिपको टिम मेलबर्न स्टार्स, बिग बास लिगको उपाधि मेलबर्न रेनेगेड्सलाई
सयौं नेपाली नर्सिंग विद्यार्थीको भविष्यलाई अन्योल पार्ने यो अवस्था र समाधानको उपाय
English