टि २० क्रिकेट सिरिजको रोमाञ्चक स्पर्धा, आज युएईसँग अन्तिम खेल खेल्दै नेपाल


युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले आइतबार टि–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत युएईसँग अन्तिम खेल खेल्नेछ ।

तीन वटा एक दिवसीय र तीन वटा टि–२० सिरिजका लागि युएई पुगेको नेपाली टोलीले इतिहास कायम गर्दै एक दिवसीय सिरिज आफ्नो पक्षमा पारिसकेको छ ।

टि–२० सिरिज भने १–१ को बराबरीमा छ । पहिलो खेल गुमाएको नेपालले दोस्रो खेल जित्दै सिरिज बराबरी बनाएको छ । दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमी मैदानमा आइतबार दिउँसो हुने खेल नेपालले जित्नसके पहिलो टि–२० अन्तर्राष्ट्रिय उपाधि जित्ने छ । सोही मैदानमा नेपालले ऐ्तिहासिक एकदिवसीय सिरिज जितेको थियो । 

राम्रो फर्ममा रहेका नेपाली टोलीले टि–२० सिरिज जितेर नेपालसामु अर्को इतिहास रच्ने मौका आएको छ । जुनसुकै ठूला प्रतियोगितामा नेपाली ब्याट्सम्यानको प्रदर्शनलाई लिएर टीप्काटिप्पणी हुने गरे पनि जारी सिरिजमा नेपाली ब्याट्सम्यानले पनि उत्कृष्ट प्रदर्शन गर्न सक्नेछन् भनी प्रमाणित गरिसकेका छन् ।

त्यसो त अझै युवा ब्याट्सम्यानद्वय रोहितकुमार पौडेल र सन्दीप जोराले आफूलाई उत्कृष्ट युवा ब्याट्सम्यान प्रमाणित गरिसकेका छन् । रोहितले कम उमेरमा अर्धशतक बनाउने नयाँ विश्व रेकर्ड बनाएका छन् भने जोराले टि–२० मा कम उमेरमा अर्धशतक बनाउने रेकर्ड कायम गरिसकेका छन् ।

टि–२० सिरिजमा ओपनर ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गर्न नसेके पनि मध्यक्रमका ब्याट्सम्यानका तथा बलरहरुको प्रदर्शन देख्नलायक रहँदै आएको छ । दोस्रो टि–२० मा पनि मध्यक्रमका ब्याट्सम्यानले राम्रो साझेदारी गर्दा नेपालले चार बल बाँकी छँदा लक्ष्य भेट्टाएको थियो ।

नेपाली टोलीका कप्तान पारस खड्काले पनि नेपाली बलरको अलराउण्डर प्रदर्शनका कारण टि–२० अन्तर्गत दोस्रो खेलमा जित हासिल भएको बताइसकेका छन् ।

सन् २०१४ को टि–२० विश्वकपमा टि–२० अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको नेपालले २०१५ मा टि–२० विश्व कप छनोटमा खराब प्रदर्शनपछि मान्यता गुमाएको थियो । पुनःगत वर्ष मार्चमा एकदिवसीय राष्ट्रको मान्यता पाएको नेपालले स्वतः टि–२० अन्तर्राष्ट्रिय मान्यतासमेत पाएको छ ।

टि–२० सिरिजमा नेपालले युएईलाई पराजित गर्नसके नेपालको ऐतिहासिक पहिलो टि–२० अन्तर्राष्ट्रिय सिरिजमा पनि जित हुनेछ । जारी सिरिजमा नेपालका बलरको प्रदर्शन पनि उत्कृष्ट रहँदै आएको छ । विशेषगरी सोमपाल कामी र सन्दीप लामिछानेको योगदान अझै महत्वपूर्ण छ ।

सन् २०१५ को आयरल्याण्ड र स्कटल्याण्डले संयुक्तरुपमा आयोजना गरेको टि–२० विश्वकप छनोट नेपाल संयुक्त अरब इमिरेट्स ९युएई० सँग २० रनले पराजित भएको थियो । त्यस्तै सन् २०१४ मा बङ्गलादेशमा आयोजना भएको टि–२० विश्वकपअन्तर्गत अभ्यास खेलमा युएई छ विकेटले विजयी भएको थियो ।

सन् २०१३ मा पनि भएको विश्वकप छनोटअन्तर्गतको खेलमा नेपालले युएईलाई उसकै घरेलु मैदानमा पाँच विकेटले पराजित गरेको थियो ।







सम्बन्धित समाचारहरू

राष्ट्रिय खेलकुदमा एनआरएन खेलाडीको पहिलो स्वर्ण, अष्ट्रेलियन नेपाली बज्राचार्यले दिलाए उपाधि
आइसीसी यू–१९ विश्वकपको एशिया छनोट, नेपाल मलेसियालाई भारी अन्तरले पराजित गर्न सफल
आईसीसी यू–१९ विश्वकप क्रिकेट एसिया क्षेत्र छनोट, नेपालसँग सिंगापुर पराजित
मेस्सी र स्वारेजको गोलबाट एथलेटिको मेड्रिडलाई हराउँदै बार्सिलोनाको शानदार जीत
मादक पदार्थ सेवन गरी दुर्घटना गराउने र प्रहरीसँगै मुखमुखै लागेपछि श्रीलंकाका क्रिकेट क्याप्टेनले मागे माफी
शनिबारदेखि न्याभ मल्टिकल्चरल कप क्रिकेट प्रतियोगिता हुँदै, पाँच टिमको सहभागिता
नेपाली राष्ट्रिय खेलकूदमा एनआरएनएका २४ खेलाडी, अष्ट्रेलियाबाट दुई खेलाडी सहभागी हुँदै
जीएनसी कप फुटबलको उपाधि बेनी फुटबल क्लबलाई, तेश्रो स्थानको खेल कुटाकुटपछि रद्द
error: Content is protected !!