नेपाल आईडलको कन्सर्ट आज मेलबर्नमा, टप ६ ले भने, सक्दो मनोरुञ्जन दिन्छौं


सांगीतिक रियालिटी शो नेपाल आईडलका विजेता रवि ओडसहित टप ६ फाईनल प्रतिस्पर्धीहरुले आज मेलबर्नमा आफ्नो प्रस्तुति दिने भएका छन् । स्थानीय बिलबोर्डमा आयोजना गर्न लागिएको कन्सर्टको आयोजना गर्ने स्मार्ट एक्सेसले शनिबार एक पत्रकार सम्मेलनको आयाजना गरी कलाकारहरुसँग अन्तरक्रिया गराएको छ । ब्रन्सविकमा रहेको ओल्ड दरबारमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै स्मार्ट एक्सेसका विभूषण जोशीले विश्वस्तरीय कन्सर्ट भेन्यूमा कार्यक्रम आयोजना गरेर नेपाली आईडलहरुको गीत सुन्ने व्यवस्था मिलाइएको जानकारी दिए । उनले अघिल्लो सिजनभन्दा यस पटक भेन्यू फरक रहेको, अघिल्लो पटक तीन जना प्रतिस्पर्धी मात्रै आएकोमा यस पटक ६ जना आएको लगायतका विशेषता बताएका थिए । कार्यक्रममा बोल्दै प्रमुख आयोजक कँडेल कन्सल्टेन्सीका राज कँडेलले सधैं नेपाली संगीतलाई साथ दिइरहने प्रतिबद्धता जनाए । कार्यक्रममा बोलदै रिमा वश्वकर्माले सबै टप ६ नेपाल आईडलको प्रयत्न नै सक्दो मनोरञ्जन दिने हुने पनि बताइन् ।







सम्बन्धित समाचारहरू

नेपाल आईडलको टप ६ लाई मेलबर्नमा सम्मान, अष्ट्रेलिया टूर सकाएर नेपाल फर्किदै
द लेट रिग्रेट सिड्नीबाट रिलिज, युवा पुस्तालाई एउटा गतिलो सन्देश
नेपाल आईडलको मेलबर्न शोमा ६ सय दर्शक, कोरियाबाट सिड्नी आउँदै टप 6 टोली
कालीप्रसाद बास्कोटालाई लाग्यो चोरीको बात, ‘ईन्स्टाको फोटो’को शब्दसमेत फ्रेन्च गीतबाट
सिड्नीमा सोनाम ल्होछार २८५५ को बिशेष तयारी, एशफिल्डमा सुंगुर वर्षको स्वागत गर्ने
नेपाल आईडलको कन्सर्ट आज मेलबर्नमा, टप ६ ले भने, सक्दो मनोरुञ्जन दिन्छौं
मेलबर्नमा फेब्रुअरी ३ तारिख नेपाल आईडल टप ६ प्रतिस्पर्धीहरुको कन्सर्ट
मेलिना राईस्ँग दिपक राज पाण्डेको दमदार साझेदारी, ‘थोरै मायाँ दिउँला’ले पायो लाखौं दर्शक
English