अष्ट्रेलिया आइपुगे सन्दिप, १० फेब्रुअरीको खेलमा सहभागी हुन मेलबर्नवासीलाई न्याभ र एनआरएनको आग्रह


मेलबर्न स्टारका लागि अनुबन्धित नेपाली स्टार क्रिकेटर सन्दिप लामिछाने खेल्नका लागि अष्ट्रेलिया आइपुगेका छन् । मंगलबार विहान अष्ट्रेलिया आइपुगेका उनले  शुक्रबार ब्रिसबेनमा हुने खेल खेल्नेछन् ।एमसीजीमा आयोजना हुने सिड्नी सिक्सर्स विरुद्धको खेलमा पनि उनी हुनेछन् ।  मेलबर्नको खेलका लागि नेपाली दर्शकको सहुलियतका लागि  १५ डलर दरको विशेष टिकट व्यवस्था गरिएको मेलबर्न स्टारले जनाएको छ । यसैबीच, नेपाली क्रिकेट स्टार सन्दिप लामिछानेको खेलमा सहभागिता जनाउन र उनलाई सपोर्ट गर्न भिक्टोरियामा रहेका नेपालीहरुको संस्था न्याभ र गैरआवासीय नेपाली संघ भिक्टोरियाले आग्रह गरेको छ । एमएनटीभीसँग कुरा गर्दै न्याभका अध्यक्ष तारा गैरेले बाजागाजा र नेपाली झण्डासहित उक्त खेलमा उपस्थिति जनाएर सन्दिपको हौसला बढाउन आग्रह गरिएको छ । यस्तै एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं भिक्टोरिया संयोजक केशव कँडेलले भर्खरै नेपाली क्रिकेटले युएईविरुद्धको जीतमा उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण योगदान दिएका सन्दिपलाई मेलबर्नमा फेरि देख्न पाउनु खुशीको कुरा भन्दै सहभागी हुन सबैलाई आग्रह गरे ।

Date: 10 February 2019
Time: starting from 2pm
Venue: Melbourne Cricket Ground (MCG)
Melbourne Stars Vs Sydney Sixers
Link for the ticket: https://cricketvictoria.wufoo.com/forms/sandeep-supporter-ticketing-offer/?fbclid=IwAR2XEJYVwakULfm65HebhK3ihBR7HcrxHXnhuILzN2YxRuFNAX2k4zC2x2A







सम्बन्धित समाचारहरू

मेलबर्नको ला ट्रोव युनिभर्सिटीमा नेपाली नयाँ वर्ष र बुद्ध जयन्ती यसरी मनाइयो !
पेरुका पूर्व राष्ट्रपतिको आत्महत्या प्रकरण, ३ करोड डलर घुसको आरोप लागेको थियो
‘आईलभ यू भन्न मन लाग्यो’ गीतका लेखक दिनेश थपलिया बने प्रमुख निर्वाचन आयुक्त
वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन, श्रद्धाञ्जलीका लागि पार्थिव शरीर निवासमा राखिने
सर्वोच्चको निर्णय पश्चात एक साताभित्रै करिब चालिस अर्ब कर तिर्न एनसेललाई ताकेता
जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिने कामको लागि सर्वोच्चको ग्रिन सिग्नल
राष्ट्रिय खेलकुदमा एनआरएन खेलाडीको पहिलो स्वर्ण, अष्ट्रेलियन नेपाली बज्राचार्यले दिलाए उपाधि
गरिबको विद्यालय समता स्कूलले कसरी राख्यो वल्र्ड रेकर्ड !
error: Content is protected !!