युएस बंगला विमान दुर्घटना छानविन प्रकरण, बंगलादेशले नेपाललाई मुद्दा हाल्ने


‘विमान चालकले केही गल्ती गरेका थिए तर यदि ‘हवाई ट्राफिक कन्ट्रोल’ले चाहेको भए यस्तो दुर्घटना रोक्न सकिन्थ्यो,’ बंगलादेश नागरिक उड्यन प्राधिकरणका अध्यक्ष एम नाइम हस्सनले सोमबार ढाकामा भने । नेपालको नागरिक उड्यन प्राधिकरणले उक्त दुर्घटनाबारे एक रिपोर्ट सार्वजनिक गरेपछि बंगलादेशको आधिकारिक धारणा स्वरुप हस्सनको धारणा आएको हो ।

अघिल्लो वर्ष मार्च १२ मा ढाकाबाट उडेको यूएस–बंग्लाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको समयमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा सवार कुल ५१ यात्रुमध्ये २७ जनाको दुर्घटनामा मृत्यु भएको थियो ।

नेपाल सरकारले सो दुर्घटनाको अध्ययन गर्न एक आयोग गठन गरेको थियो । आइतबार ‘दुर्घटना अनुसन्धान आयोग’ले आफ्नो रिपोर्ट सार्वजनिक गरिसकेको छ । अनुसन्धानदाताहरुले जहाजको दुर्घटनाको लागि ‘क्रु सदस्यले पारिस्थितिजन्य होस गुमाउनु’लाई जहाज दुर्घटनाको प्रमुख कारण बताएका छन् । 

रिपोर्टमा विमानको क्याप्टेन अविद ‘भावनात्मक रुपमा विक्षिप्त भएको देखिएको’ बताइएको छ । विमान उड्नुअघि एक महिला सहकर्मीले क्याप्टेन अविदको क्षमतामा प्रश्न गरेपछि उनी तनावमा रहेको र ‘भावनात्मक रुपमा विक्षिप्त’ रहेको रिपोर्टमा उल्लेख छ ।

‘यसको साथै दुवै क्रुले महत्वपूर्ण क्षणमा स्थापित सञ्चालन नियमावली अनुसरण गर्न असक्षम हुँदा पारिस्थितिजन्य चेतना गुमाएका थिए,’ रिपोर्टमा भनिएको छ । बंग्लादेशी हवाई फौजका पाइलट रहिसकेका अविदले ५५०० घण्टा उडानमा बिताइसकेका थिए । नेपालमा दुर्घटना भएको बर्म बार्डिएर ड्यास ८ क्यू ४०० जहाज मात्रै उनले १७०० घण्टा उडाइसकेको अनुभव थियो ।

नेपाली रिपोर्ट प्राप्त गरेपछि नेपाली आयोगमा बंग्लादेशी प्रतिनिधि बनेर बसेका सलाउद्दिन रहमुतुल्लाहको साथमा पत्रकार सम्मेलन गरेका अध्यक्ष नेइमले रिपोर्टबारे आफूहरुको धारणा व्यक्त गरे ।

रहमुतुल्लाहले नेपाली आयोगको रिपोर्टमा कुनै गलत सुचना नभएको भएपनि यसले दुर्घटनामा एटीसीको भूमिकाबारे ‘केही सूचना’ लुकाएका आरोप लगाएको छ । ‘आयोगले दुर्घटनाको लागि एक पक्षीय रुपमा पाइलटलाई दोष लगाएको छ ।

यसले क्याप्टनले गल्ति गरेको र अन्तिममा विमानलाई नमिलाइकन अवतरण गराएको भनेको छ । तर थप अनुसन्धानमा हामीहरुले विमानस्थलको एटीसीले विमानलाई माथि लान भन्न मिल्ने प्रशस्त ठाउँ रहेको देखेका छौं । एटीसीले ‘केही बेर उडाइरहनुस् र बाँकी हामी थाहा दिनेछौं’ भन्न सक्थ्यो,’ उनले भने । 

‘हामीले पाइलटबारे दिएका धेरै कुराहरु उल्लेख गरिएको छ तर एटीसीसँग जोडिएको कुराहरु पूरै हटाइएको छ,’ उनले बताए । रहमुतुल्लाहले अब बंग्लादेशी अधिकारीले नेपाली आयोगलाई पहिले समावेश नगरिएको अध्ययनहरु रिपोर्टमा समावेश गर्न आग्रह गर्ने बताए ।

-BANGLADESH

‘यदि एटीसीले ‘तपाईहरु माथि जानुस् र हामीहरु गाइड गर्नेछौं’ भनेको भए दुर्घटना हुँदैंनथ्यो,’ उनले उक्त समय आकास सफा रहेकाले अवतरणको लागि अन्य कुनै समस्या नरहेको बताए ।

उनले अविनले गरेको जस्तो गल्ति ककपिटमा रहँदा हुनु ‘स्वभाविक’ भएको तर कन्ट्रोलरमा बस्नेले यस्तो गल्ती कहिले पनि गर्न नहुने बताए । ‘पाइलट जतिनै अनुभवी भए पनि, विमानस्थलमा एटीसीले तिनलाई नियन्त्रण गर्छन् । उनीहरु एटीसीको निर्देशन मान्न बाध्य हुन्छन्,’ उनले भने ।

उनले कुनै पनि दुर्घटनाको सम्पूर्ण दोष एकै जनालाई मात्र लगाउन नमिल्ने बताए । ‘दुर्घटनामा धेरै तत्वहरु जिम्मेवार हुन्छन् । केही गल्तीहरुले दुर्घटनालाई सम्भव बनाउँछ । यदि एटीसीले चाहेको भए दुर्घटना टार्न सकिन्थ्यो,’ उनले थपे ।

पत्रकारहरुले अविदले ककपिटमा ध्रुमपान गरेको गरेको बारे सोधेको प्रश्नमा रहमुतुल्लाहले विमानमा ध्रुमपानमाथि रहेने प्रतिबन्ध ‘मुख्यत स्वास्थ र सुरक्षा कारण’ले हुने बताए ।

‘तर उक्त दिनको दुरघटनाको कारण ध्रुमपान थिएन । यदि कन्ट्रोलरले स्पष्ट अडान राखेको भए त्यो दिन दुर्घटना हुने थिएन,’ उनले थपे । उनले बंग्लादेशी प्रतिनिधिको ८० प्रतिशत अध्ययन आयोगले रिपोर्टमा समावेश गरेको तर बाँकी २० प्रतिशत छुटाएको आरोप लगाए ।

‘हामीले पाइलटबारे दिएका धेरै कुराहरु उल्लेख गरिएको छ तर एटीसीसँग जोडिएको कुराहरु पूरै हटाइएको छ,’ उनले बताए । रहमुतुल्लाहले अब बंग्लादेशी अधिकारीले नेपाली आयोगलाई पहिले समावेश नगरिएको अध्ययनहरु रिपोर्टमा समावेश गर्न आग्रह गर्ने बताए ।

यदि नेपाली अधिकारीहरुले यस कुरालाई सकारात्मक रुपमा लिएनन् भने बंग्लादेशले अन्तर्राष्ट्रिय नागरिक उड्यन संगठन९आइकाओ०मा मुद्धा हाल्नेछ,’ उनले थपे । –बिडीन्यूज२४ डट कम बाट







सम्बन्धित समाचारहरू

को आउला नेपाल वायुसेवा निगमको व्यवस्थापन चलाउन ? ग्लोबल टेन्डरको तयारी
विश्वकप फुटबलको छनोटमा नेपाल र अष्ट्रेलिया भिड्ने, खेल कुन शहरमा होला ?
गुल्मी समाज भिक्टोरियाको अध्यक्षमा गान्धी भट्टराई चयन, सकियो साधारणसभा
सिड्नीमा नेपाली हिन्दु समाज अष्ट्रेलियाको श्रीमद् भागवत सप्ताह सम्पन्न
नेपाली उत्पादनको लागि ऐतिहासिक फड्को, गोल्डस्टार जुत्ताको आधिकारिक शोरुम सिड्नीमा (with Video)
वर्षातको असर, कुलेखानी जलविद्युत आयोजना पूर्ण क्षमतामा सञ्चालन, ड्याम बचाउन नियन्त्रित निकास
मेलबर्नमा मेट्रो रेल दुई कारसँग ठोक्किएर दुर्घटना, यात्रु र ड्राईभर सुरक्षित
विश्वकप क्रिकेटको उपाधि आयोजक बेलायतलाई, न्यूजिल्याण्डसँग बराबरी भएपछि सुपर ओभरमा निर्णय
error: Content is protected !!