नेपाल आईडलको मेलबर्न शोमा ६ सय दर्शक, कोरियाबाट सिड्नी आउँदै टप 6 टोली


नेपालको चर्चित म्युजिकल रियालिटी शो नेपाल आईडलको टप ६ विजेताहरुको कन्सर्ट मेबलर्नमा सम्पन्न भएको छ । आयोजक स्मार्ट एक्सेसले दिएको जानकारी अनुसार मेलबर्नको रसेल स्ट्रीटमा रहेको बिलबोर्ड भेन्यूमा गरिएको कन्सर्टमा ६ सय भन्दा बढी दर्शक श्रोताले भरपूर मनोरञ्जन लिएका छन् । गत फेब्रुअरी ३ तारिखमा मेलबर्नमा गरिएको कन्सर्ट लगत्तै ४ फेब्रुअरीमा पूरै टोली कोरियातर्फ लागेको थियो । कोरियाको कन्सर्ट सकाएर उनीहरु ७ फेब्रुअरीको दिन सिड्नी आउने भएका छन् । 

सिड्नीको सार्क होटलमा ८ फेब्रुअरीको दिन कन्सर्ट राखिएको छ । नेपाली टचको आयोजना र एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको मुख्य प्रायोजनमा सिड्नीको कार्यक्रम हुन लागेको हो । एमएनटीभीसँग कुरा गर्दै नेपाल आईडलको टप ६ मा पुग्न सफल एकमात्र गायिका अस्मिता अधिकारीले लगातार यात्राले केही थकानजस्तो लागेपनि आफुहरु दोब्बर जोशका साथ दर्शकहरुलाई मनोञ्जन गराउन तत्पर रहेको बताइन् । मेलबर्नको कार्यक्रम आयोजकले आगामी फेब्रुअरी १८ को दिन मिट एण्ड ग्रिट कार्यक्रम राखेका छन् ।

स्मार्ट एक्सेसका विभूषण जोशीले भने, “कार्यक्रम भव्य सफल भयो । दर्शकहरुको साथ, सहयोगले उत्कृष्ट बनेको यो कार्यक्रममा आउन नभ्याउनुभएकाहरुका लागि मिट एण्ड ग्रिट गर्न लागिएको हो । यही मिट एण्ड ग्रिटमा हामी प्रायोजकसहित यसमा संलग्न टिमलाई धन्यवाद पनि दिन चाहन्छौं ।” १८ फेब्रुअरीमा मेलबर्न आएपछि टोली नेपालतर्फ लाग्नेछ । मेलबर्नको कार्यक्रम कँडेल कन्सल्टेन्सीले मुख्य प्रायोजन गरेको थियो ।







सम्बन्धित समाचारहरू

हजारभन्दा बढी नेपाली पढ्ने एआईबीटीको दर्ता खारेज, पीडितलाई सम्पर्क गर्न आह्वान
अस्ट्रेलियाको सिड्नीमा नेपाली सेफ्स मिट सम्पन्न, संगठित हुने म्यान्डेट
क्रेगीबर्नमा बालबालिकाहरुको लागि कलाको कक्षा, ५० भन्दा बढी सहभागी
सयौं नेपाली नर्सिंग विद्यार्थीको भविष्यलाई अन्योल पार्ने यो अवस्था र समाधानको उपाय
अस्ट्रेलियाको मेलबोर्नमा उद्घोषण तालिम सम्पन्न, १८ जना सहभागी
एडिलेडमा पनि महाशिवरात्री मनाइदै, पूजाआजा र भजनकीर्तनको कार्यक्रम
अष्ट्रेलियामा एक हजारभन्दा बढी विद्यार्थी समस्यामा परेपछि एकाको आपतकालीन बैठक बस्दै
मेलबर्नका एक व्यक्तिमा दादुरा देखियो, पर्थ र मेलबर्नमा चेतावनी जारी
English