नेपालमा आयुर्वेद विकास योजना बढाउन बालकृष्ण तयार भने – ‘जग्गा दिए म लगानी गर्छु’


आचार्य बालकृष्णजीले नेपालमा लगानीका लागि आफू तयार रहेको बताउनुभएको छ ।

जन्म जिल्ला स्याङ्जाको वालिङमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा आचार्य बालकृष्णले शैक्षिक संस्था, जडीबुटी, उद्यान र उद्योगको विकासका लागि पहिलो चरणमा एकसय करोड लगानी गर्ने बताउनुभयो । मैले यहाँबाट कमाएर लाने पनि होइन यहीको विकासका लागि लगानी गर्छु,” आचार्य बालकृष्णले भन्नुभयो, “तपाईंहरुको माया र स्नेह मात्रै पाए पुग्छ अरू लगानीका लागि कुनै चिन्ता छैन योजना सफल बनाउन एक सय करोड होइन त्यो भन्दा पनि बढी म खर्च गर्छु ।” 

वालिङ उद्योग वाणिज्य सङ्घले वालिङको विकासका लागि उद्योगधन्दाहरु सञ्चालनका लागि ज्ञापनपत्र उहाँलाई बुझाएको थियो । आचार्य बालकृष्णले उद्यमशीलताको विकासका लागि तयार रहेको बताउँदै सङ्घलाई जग्गा उपलब्ध गराउन आग्रह गर्नुभयो । वालिङ नगरपालिका–६ भरुवामा जन्मिनुभएका आचार्य बालकृष्णलाई महोत्सवस्थलमा वालिङ नगरप्रमुख दिलीपप्रताप खाँण र वालिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष शोभाकान्त पौडेलले सम्मान गर्नुभएको थियो ।







सम्बन्धित समाचारहरू

हजारभन्दा बढी नेपाली पढ्ने एआईबीटीको दर्ता खारेज, पीडितलाई सम्पर्क गर्न आह्वान
अस्ट्रेलियाको सिड्नीमा नेपाली सेफ्स मिट सम्पन्न, संगठित हुने म्यान्डेट
न्याभ कप क्रिकेटको फाईनलमा मार्च ३ तारिख नारे किङ्स र रोयल राईनोज भिड्दै
नेपाल आईडलको टप ६ लाई मेलबर्नमा सम्मान, अष्ट्रेलिया टूर सकाएर नेपाल फर्किदै
क्रेगीबर्नमा बालबालिकाहरुको लागि कलाको कक्षा, ५० भन्दा बढी सहभागी
नेपाली काँग्रेसबाट संसदीय सुनवाई विशेष समितिको बैठक बहिष्कार, विपक्षीलाई हेपेको आरोप
उपाधि चुम्नबाट चुक्यो सन्दिपको टिम मेलबर्न स्टार्स, बिग बास लिगको उपाधि मेलबर्न रेनेगेड्सलाई
सयौं नेपाली नर्सिंग विद्यार्थीको भविष्यलाई अन्योल पार्ने यो अवस्था र समाधानको उपाय
English