नेकपाको कार्यदल बैठक आज, फागुनमा एकीकरणको काम सकाउलान् त ? 


लामो समयदेखि एकताका लागि कार्यदल गठन गरेर अघि बढेको नेपाल कम्युनिष्ट पार्टीको कार्यदलको बैठक नै बस्न नसकेको धेरै भएको थियो । हाल दुई अध्यक्षबिच कार्यदलको बैठक बसाउने र त्यहाँबाट अपूरै भएपनि प्रतिवेदन मगाएर आफुहरुले निर्णय गर्ने सहमति बनेपछि आजको बैठक बस्न लागेको हो । नेपाल कम्युनिस्ट पार्टी नेकपाको कार्यदल बैठक बिहीबार बस्दैछ । पार्टी एकीकरणको संगठनात्मक प्रस्ताव टुंगो लगाउन गठन गरिएको कार्यदलको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।

बैठकमा बाँकी विषय टुंग्याएर जाने कि अहिलेसम्मका प्रगतिको रिपोर्ट तयार गरी सचिवालयलाई जिम्मा दिने भन्ने विषयमा छलफल हुनेछ । पुस मसान्तभित्र काम सक्नेगरी जिम्मेवारी पाएको कार्यदलले माघ महिना सकिन लाग्दासमेत जिम्मेवारी पूरा नगरेपछि सचिवालयले दुई दिनभित्र अपूरै प्रतिवेदन माग गरेपछि कार्यदल छलफलमा जुट्न लागेको हो ।


प्रचण्डले भने छिट्टै एकता सकाउ
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले राजनीतिक स्थिरताका लागि पार्टी एकीकरण जरुरी रहेको उल्लेख गर्दै पार्टी एकताको काम आगामी फागुनको पहिलो साताभित्र टुङ्गो लगाइने बताउनुभएको छ ।

सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिकाअन्तर्गत कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माविको ४२ आँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारको काम बाहिर त्यति नदेखिए पनि युगान्तकारी काम भएको बताउनुभयो । उहाँले संविधान कार्यान्वयनलाई असफल बनाउन देशीविदेशी तत्वहरु सक्रिय रुपमा लागिपरेको आरोप लगाउनुभयो ।

गरीबीका कारण स्वास्थ्योपचार तथा विद्यालयमा अध्ययन गर्न वञ्चित रहेका व्यक्तिलाई सरकारले आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष दाहालले सो विद्यालयलाई कृषि क्याम्पस बनाउन प्रस्ताव राख्ने आश्वासनसमेत दिनुभयो । कार्यक्रममा प्रतिनिधिसभा सांसद अग्नि सापकोटालगायतको सहभागिता रहेको थियो ।







सम्बन्धित समाचारहरू

को आउला नेपाल वायुसेवा निगमको व्यवस्थापन चलाउन ? ग्लोबल टेन्डरको तयारी
विश्वकप फुटबलको छनोटमा नेपाल र अष्ट्रेलिया भिड्ने, खेल कुन शहरमा होला ?
गुल्मी समाज भिक्टोरियाको अध्यक्षमा गान्धी भट्टराई चयन, सकियो साधारणसभा
सिड्नीमा नेपाली हिन्दु समाज अष्ट्रेलियाको श्रीमद् भागवत सप्ताह सम्पन्न
नेपाली उत्पादनको लागि ऐतिहासिक फड्को, गोल्डस्टार जुत्ताको आधिकारिक शोरुम सिड्नीमा (with Video)
वर्षातको असर, कुलेखानी जलविद्युत आयोजना पूर्ण क्षमतामा सञ्चालन, ड्याम बचाउन नियन्त्रित निकास
मेलबर्नमा मेट्रो रेल दुई कारसँग ठोक्किएर दुर्घटना, यात्रु र ड्राईभर सुरक्षित
विश्वकप क्रिकेटको उपाधि आयोजक बेलायतलाई, न्यूजिल्याण्डसँग बराबरी भएपछि सुपर ओभरमा निर्णय
error: Content is protected !!