नेकपाको एकता प्रक्रिया जटिल मोडमा, बादलको प्रस्तावमा मत मतान्तर


एकता प्रक्रियामा रहेको नेपालको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको कार्यदलको बैठक बिहीबार सकिएको छ । दुई दिनभित्र जे जस्तो अवस्थामा छ त्यही अवस्थामा प्रतिवेदन दिन आदेश दिएको सचिवालयको दबाबमा बसेको बैठकमा संयोजक रामबहादुर थापाले तीन पेजको आफ्नो प्रतिवेदन दिएपछि कार्यदलमा खैलाबैला मच्चिएको थियो । महासचिव विष्णु पौडेललाई यस विषयमा पूर्वजानकारी भएपनि अरुलाई केही थाहा नै थिएन । काम पनि अघि बढेको छैन, संयोजकको रुपमा बदनामी पनि कमाइने भयो भनेर मात्रै बादलले यस्तो प्रतिवेदन ल्याएका थिए भनेर विश्वास गर्ने आधार छैन । उनको प्रतिवेदनमा के थियो खुल्न सकेको छैन । प्रतिवेदनमा अहिलेसम्म भएका कामहरुलाई लिपिबद्ध मात्र गरिएको छ । यस्तो प्रतिवेदन बुझाउँदा कार्यदल ले नै काम गर्न नसकेको सन्देश जाने अधिकांशको चिन्ता थियो । बैठकमा यस्तो मतान्तर भएपछि बैठक निष्कर्शविहीन बनेको एक सहभागीले बताए । दुई तीन बैठक बस्ने हो भने सबै कुरा टुंगो लाग्ने ति सदस्यले बताए । आज बस्ने बैठकमा अध्ययनपछिको धारणा सदस्यहरुले राख्नेछन् ।







सम्बन्धित समाचारहरू

को आउला नेपाल वायुसेवा निगमको व्यवस्थापन चलाउन ? ग्लोबल टेन्डरको तयारी
विश्वकप फुटबलको छनोटमा नेपाल र अष्ट्रेलिया भिड्ने, खेल कुन शहरमा होला ?
गुल्मी समाज भिक्टोरियाको अध्यक्षमा गान्धी भट्टराई चयन, सकियो साधारणसभा
सिड्नीमा नेपाली हिन्दु समाज अष्ट्रेलियाको श्रीमद् भागवत सप्ताह सम्पन्न
नेपाली उत्पादनको लागि ऐतिहासिक फड्को, गोल्डस्टार जुत्ताको आधिकारिक शोरुम सिड्नीमा (with Video)
वर्षातको असर, कुलेखानी जलविद्युत आयोजना पूर्ण क्षमतामा सञ्चालन, ड्याम बचाउन नियन्त्रित निकास
मेलबर्नमा मेट्रो रेल दुई कारसँग ठोक्किएर दुर्घटना, यात्रु र ड्राईभर सुरक्षित
विश्वकप क्रिकेटको उपाधि आयोजक बेलायतलाई, न्यूजिल्याण्डसँग बराबरी भएपछि सुपर ओभरमा निर्णय
error: Content is protected !!