अष्ट्रेलियन पीआर पाउन आफ्नै दाजु बहिनी बिहे गर्ने भारतीयको खुलासा


भारतको पञ्जाव प्रहरीले अष्ट्रेलियामा रहेको एक जोडीमाथि अनुसन्धान गरिरहेको छ । यो जोडीले यहाँको पीआर पाउनका लागि दाजुसँग आफ्नै बहिनीको बिहे गरेर यता ल्याएको खुलेको छ । यो जोडीको एक आफन्तले लेनदेनको विवादमा यस्तो आरोप लगाउँदै पञ्जाव प्रहरीमा मुद्दा दायर गरेपछि प्रहरीले थप अनुसन्धान थालेको हो । बलिनवाला पुलिस स्टेशनका ईन्सपेक्टर जयसिंहले एसवीएस हिन्दीलाई बताए अनुसार यी दुई दाजु बहिनी भएको धेरै पहिला बनाइएको प्रहरी रिपोर्टमै लेखिएको थियो । उनले भने, हामीले पाएको जानकारी अनुसार दाजु चाहीँ पहिले नै अष्ट्रेलियाको पीआर पाइसकेका व्यक्ति रहेछन् । बहिनीलाई उता लैजानका लागि यही कम्प्लेन गर्ने आफन्तको परिचय दिएर लगिएको रहेछ । सुरुमा गुरुद्वारामा बिहेको सर्टिफिकेट बनाएछन् त्यसपछि सरकारी कार्यालयमा बिहे दर्ता गरेको देखिन्छ ।

सांकेतिक Picture : https://www.masterfile.com912

उनीहरु अहिले पनि अष्ट्रेलियामा नै बसोबास गरिरहेका छन् । उनीहरुको साथमा बाबु, आमा, दाजु भाई सबै रहेका छन् । यति मात्र होइन हजुरआमा पनि साथै यहाँ अष्ट्रेलियामा बस्ने बताइएको छ । भारतीय प्रहरीले निजहरुलाई फरारको सूचिमा राखेको छ । अष्ट्रेलियामा उनीहरुको ठेगाना भने खुल्न सकेको छैन । अष्ट्रेलियाका अधिकारीहरुले विवाह सम्बन्धी कागजात सबै चेकजाँच हुने भएनि पासपोर्टको हकमा गलत परिचयका साथ बनाइएको सक्कली पासपोर्टको जिम्मेवारी सम्बन्धित देशले नै लिनुपर्ने हुन्छ । भारतमा भने प्रहरी अधिकारीहरु आफ्नै बहिनीलाई बिहे गरेर पीआर दिलाउने दाजुको चर्तिकला देखेर चकित बनेका छन् ।







सम्बन्धित समाचारहरू

हजारभन्दा बढी नेपाली पढ्ने एआईबीटीको दर्ता खारेज, पीडितलाई सम्पर्क गर्न आह्वान
अस्ट्रेलियाको सिड्नीमा नेपाली सेफ्स मिट सम्पन्न, संगठित हुने म्यान्डेट
न्याभ कप क्रिकेटको फाईनलमा मार्च ३ तारिख नारे किङ्स र रोयल राईनोज भिड्दै
नेपाल आईडलको टप ६ लाई मेलबर्नमा सम्मान, अष्ट्रेलिया टूर सकाएर नेपाल फर्किदै
क्रेगीबर्नमा बालबालिकाहरुको लागि कलाको कक्षा, ५० भन्दा बढी सहभागी
नेपाली काँग्रेसबाट संसदीय सुनवाई विशेष समितिको बैठक बहिष्कार, विपक्षीलाई हेपेको आरोप
उपाधि चुम्नबाट चुक्यो सन्दिपको टिम मेलबर्न स्टार्स, बिग बास लिगको उपाधि मेलबर्न रेनेगेड्सलाई
सयौं नेपाली नर्सिंग विद्यार्थीको भविष्यलाई अन्योल पार्ने यो अवस्था र समाधानको उपाय
English