मेलबर्नमा तामाङहरुले मनाए ल्होसार, दश वर्षदेखि मेलबर्नमा डम्फुको डमडम


अष्ट्रेलियाको मेलबर्नमा तामाङ समूदायले नयाँ वर्षको स्वागत गर्दै डम्फु साँझ मनाएका छन् । विगत १० वर्षदेखि डम्फु साँझका नाममा उनीहरुले नयाँ वर्षलाई स्वागत गर्दै आएका छन् । नयाँ सुंगुर वर्षलाई उनीहरुले प्रेस्टनको सिटी टाउन हलमा भेला भएर सांगीतिक प्रस्तुतिका साथ डम्फु साँझ मनाएका हुन् । तामाङ सोसाईटी अफ भिक्टोरियाको आयोजनामा गरिएको डम्फु साँझमा प्रमुख अतिथिको रुपमा भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन सहभागी भएका थिए । यस्तै अतिथिको रुपमा डेरेविन सिटी काउन्सिलका डेप्युटी मेयर सुसन न्यूटन, भिक्टोरियन मल्टिकल्चरल कमिशनका कमिश्नर सुन्दरम शिवमलाई, रेस डिस्क्रिमिनेशन कमिश्नर चिन टान, ह्वीटल्सी सिटी काउन्सिलका मेयर क्रिश पिभिलाडिस सहभागी थिए । कार्यक्रममा बोल्दै भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत योञ्जनले १० वर्षअघि आफुहरुले अमेरिकामा जाँदा त्यहाँको तामाङ समूदायले आयोजना गरेको कार्यक्रम डम्फु साँझ देखेपछि मेलबर्नमा पनि यो क्रम सुरुवात गरेको बताए । योन्जनले डम्फु साँझले १० वर्ष पूरा गरेकोमा खुशी लागेको भन्दै यसलाई बहुसांस्कृतिक समाजमा निरन्तरता दिन आवश्यक भएको बताए । तामाङ समूदायका सदस्यहरुले आफ्नै भाषामा ल्होछार शुभकामना गीत प्रस्तुत गरेका थिए भने कार्यक्रममै सहभागी हुन सिड्नीबाट गायक दिल तामाङ आएका थिए । उनले आफ्ना गीतका साथै चर्चित तामाङ सेलो पनि सुनाए । कार्यक्रममा सहभागीहरुलाई तामाङ सोसाईटी अफ भिक्टोरियाका अध्यक्ष पेमा बम्जनले स्वागत गरेका थिए ।

Watch Video

Tamang Society of Victoria Damphu Sanjh celebrating Tamang Lochhar

Posted by My Nepal TV (MNTV)- Australia on Friday, February 8, 2019







सम्बन्धित समाचारहरू

को आउला नेपाल वायुसेवा निगमको व्यवस्थापन चलाउन ? ग्लोबल टेन्डरको तयारी
विश्वकप फुटबलको छनोटमा नेपाल र अष्ट्रेलिया भिड्ने, खेल कुन शहरमा होला ?
गुल्मी समाज भिक्टोरियाको अध्यक्षमा गान्धी भट्टराई चयन, सकियो साधारणसभा
सिड्नीमा नेपाली हिन्दु समाज अष्ट्रेलियाको श्रीमद् भागवत सप्ताह सम्पन्न
नेपाली उत्पादनको लागि ऐतिहासिक फड्को, गोल्डस्टार जुत्ताको आधिकारिक शोरुम सिड्नीमा (with Video)
वर्षातको असर, कुलेखानी जलविद्युत आयोजना पूर्ण क्षमतामा सञ्चालन, ड्याम बचाउन नियन्त्रित निकास
मेलबर्नमा मेट्रो रेल दुई कारसँग ठोक्किएर दुर्घटना, यात्रु र ड्राईभर सुरक्षित
विश्वकप क्रिकेटको उपाधि आयोजक बेलायतलाई, न्यूजिल्याण्डसँग बराबरी भएपछि सुपर ओभरमा निर्णय
error: Content is protected !!