चीनले भन्यो, ब्रसेल्समा जासुसी गर्ने कुनै योजना छैन


बेल्जियमका लागि चिनियाँ राजदूताबासले स्थानीय सञ्चारमाध्यमद्वारा ब्रसेल्समा चिनियाँ जासुुस सक्रिय रहेको भनी आएका पछिल्ला खबरहरू आधारहीन रहेको यसको आइतबार खण्डन गरेको छ ।

केही सञ्चारमाध्यमले ‘ब्रसेल्समा २५० चिनियाँ जासुस सक्रिय रहेको’ भनी दिएका खबर भ्रामक तथा कपोलकल्पित भएको ब्रसेल्सस्थित चिनियाँ राजदूताबासका प्रवक्ताले बताउनुभयो । 

दूतावासले भनेको छ, “जासुसबारेका रिपोर्ट विल्कुल कपोलकल्पित तथा आधारहीन छन् ।”

चीन र बेल्जियमबीच निरन्तररूपमा सम्बन्ध विकसित बन्दै गएको र सबै क्षेत्रको सहकार्य फलदायी रहेको चीनले बताएको छ । चिनियाँ दूताबासले आइतबार जारी विज्ञप्तिमा आगामी दिनमा बेल्जियम लगायत यस क्षेत्रका सबै मुलुकसँगको सम्बन्धलाई आपसी सद्धभाव तथा लाभका लागि थप प्रगाढ बनाएर लान चीन प्रतिवद्ध छ भनिएको छ ।

केही गैरजिम्मेवार अभिव्यक्ति जसले चीन र बेल्जियमबीचको सम्बन्धमा विवाद सिर्जना गर्न खोजिएको छ यसमा कोही सफल नहुने उहाँको भनाई छ ।







सम्बन्धित समाचारहरू

पेरुका पूर्व राष्ट्रपतिको आत्महत्या प्रकरण, ३ करोड डलर घुसको आरोप लागेको थियो
टिकटक बनाउँदा बनाउँदै गयो ज्यान भारतको दिल्लीमा यो अनौठो घटना !
सही मनोबृत्ति लिएमा अमेरिकासँग जतिनै चरणको वार्ता गर्न पनि तयार रहेको उनको भनाई
ब्ल्याक होलको पहिलो तस्वीर सार्वजनिक
भारतमा आजबाट चुनाव, ९० करोड मतदाताले दिँदैछन् आफ्नो फैसला
ईरानको सेनालाई आतंककारी संगठन घोषित गर्ने अमेरिकी निर्णय
बोइङले अनुसन्धान पूरा नभएसम्म ७३७ म्याक्सको उत्पादन घटाउने
कानून उल्लङ्घन गरेको भन्दै कङ्ग्रेससम्वद्ध ६८७ फेसबुक पेज हटाइयो
error: Content is protected !!