श्रीपञ्चमीको अवसरमा क्रेगीबर्नमा बस्ने नेपालीहरुले गरे सरस्वती बन्दना


अष्ट्रेलियाको मेलबर्नस्थित क्रेगीबर्नमा बसोबास गर्ने नेपाली समूदायले श्रीपञ्चमी पर्व मनाएका छन् । क्रेगीबर्न नेपाली कम्युनिटीको आयोजनामा गरिएको सरस्वती पूजा ह्युम लाईब्रेरीको परिसरमा गरिएको हो । क्रेगीबर्न र वरिपरि बसोबास गर्ने अभिभावकहरुले आफ्नो बालबालिकालाई कार्यक्रममा सहभागी गराएका थिए । उक्त अवसरमा सहभागी बालबालिकाहरुलाई सरस्वती बन्दना गराउनुका साथै सानो उपहार पनि प्रदान गरिएको थियो । सो कार्यक्रममा क्रेगीबर्न नेपाली समाजका अध्यक्ष माधव पौडेलले स्वागत मन्तव्य राखेका थिए भने गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका कार्यसमिति सदस्य निराजन गौली, साहित्यकार वियोगी बुढाथोकीले सरस्वती पूजाको महत्व र प्रवासमा आफ्ना बालबालिकाहरुलाई सहभागी गराउनुको उत्साहका विषयमा धारणा राखेका थिए । उक्त अवसरमा कार्यसमिति सदस्य माधुरी मास्के शर्माले आगामी फेब्रुअरी १६ बाट नेपाली बालबालिकाहरुलाई कला कार्यशाला गर्न लागिएको जानकारी दिइन् । क्रेगीबर्न नेपाली समाजले पहिलो पटक सरस्वती पूजाको आयोजना गरेको हो ।







सम्बन्धित समाचारहरू

हजारभन्दा बढी नेपाली पढ्ने एआईबीटीको दर्ता खारेज, पीडितलाई सम्पर्क गर्न आह्वान
अस्ट्रेलियाको सिड्नीमा नेपाली सेफ्स मिट सम्पन्न, संगठित हुने म्यान्डेट
न्याभ कप क्रिकेटको फाईनलमा मार्च ३ तारिख नारे किङ्स र रोयल राईनोज भिड्दै
नेपाल आईडलको टप ६ लाई मेलबर्नमा सम्मान, अष्ट्रेलिया टूर सकाएर नेपाल फर्किदै
क्रेगीबर्नमा बालबालिकाहरुको लागि कलाको कक्षा, ५० भन्दा बढी सहभागी
नेपाली काँग्रेसबाट संसदीय सुनवाई विशेष समितिको बैठक बहिष्कार, विपक्षीलाई हेपेको आरोप
उपाधि चुम्नबाट चुक्यो सन्दिपको टिम मेलबर्न स्टार्स, बिग बास लिगको उपाधि मेलबर्न रेनेगेड्सलाई
सयौं नेपाली नर्सिंग विद्यार्थीको भविष्यलाई अन्योल पार्ने यो अवस्था र समाधानको उपाय
English