आफ्नै साथीको नाम दुरुपयोग गर्दै साइबर क्राइम गर्ने किशोरी पक्राउ


साइबर क्राइमको आरोपमा डोटीमा एक किशोरी पक्राउ परेकी छन् । सामाजिक सञ्जालबाट आफ्नै विद्यालयमा अध्ययन गर्ने साथीको तस्बीरको प्रयोग गर्दै अन्य व्यक्तिसँग अश्लील कुरा गर्ने र अश्लील काम गर्छु भन्दै अश्लील कुरा सामाजिक सञ्जालमार्फत गर्ने गरेको भन्दै उनका नाममा पीडित महिलाले अपराध महाशाखा काठमाडौँमा मुद्दा हालेकी थिइन् ।

पीडित किशोरीको निवेदनका आधारमा आरोपित किशोरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताउनुभयो । 

घटनाको संवेदनशीलतालाई मध्यनजर गरी आरोपी र पीडितको नाम गोप्य राखिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

आरोपीलाई थप अनुसन्धानका लागि अपराध महाशाखा काठमाडाँै हनुमान ढोका पठाउने तयारी भइरहेको प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक धामीले बताउनुभयो ।

जबर्जस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ

डोटी जिल्लाको जोरायल गाउँपालिका–४ घाड भन्ने गाउँका ‘हिरे’ भनेर चिनिने ४८ वर्षीय खड्कबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले १५ वर्षीया एक किशोरीलाई जबर्जस्ती करणी गर्न खोजेकोे आरोपमा प्रहरीले पक्राउ गरेको हो । घरमा एक्लै भएको मौका छोपी सोमबार राति करीब १० बजेको समयमा जबर्जस्ती करणी गर्न खोजेको पीडित पक्षले इलाका प्रहरी कार्यालय जोरायलमा जाहेरी दिएपछि प्रहरीले उनलाई आज पक्राउ गरेको हो । पक्राउ परेका मगर र पीडित किशोरीलाई जिल्ला प्रहरी कार्यालय डोटीमा ल्याइएको छ ।

पीडित बालिकाको बयानका आधारमा उनको घरमा सुत्ने ठाउँ नजिकै सानो झ्याल भएको र सोही झ्यालबाट आफ्नो संवेदनशील अङ्गमा हात हालेको बताएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धाँमीले बताउनुभयो ।

यस विषयमा आरोपित खड्कबहादुर मगरले आफ्नो घरमा फिरन्ते व्यापारी चार जना जुम्ली आएको र उनीहरुले लोकल कुखुरा खाने भनेपछि उनलाई ब्युँझाउन झ्यालबाट हात हालेको बताएको प्रहरी प्रवक्ता तथा धाँमीले जानकारी दिनुभयो । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको र अनुसन्धानपछि आरोप प्रमाणित भए मुद्दा चलाइने डोटी प्रहरीले जनाएको छ ।







सम्बन्धित समाचारहरू

विमानस्थलमा अर्को तीन किलो सुन काण्ड, मलद्वारमा लुकाएर सुन ल्याउने चिनियाँ पक्राउ
चितवनमा एकै परिवारका तीनजनाको आत्महत्या, प्रहरीलाई नै चकित तुल्याउने सुसाईड नोट
विप्लव समूहमा खैलाबैला जारी, ताम्सालिङ स्वायत्त प्रदेशका उपप्रमुख प्रेमबहादुर श्रेष्ठले गरे आत्मसमर्पण
थाईल्याण्डमा बसी विभिन्न देशमा मानव तस्करी गर्ने झापाका पर्शुराम गुरुङ पक्राउ, गैरकानूनी बसोबास खुल्यो
अज्ञात समूहबाट भारतीय नागरिक फिरोज खानको बुटवलमा गोली हानी हत्या
शिवश्री जलविद्युतमा सिलिन्डर पड्कियो, चार जनाको मृत्यु, थप विवरण आउँदै
खोला किनारामा किशोरीको सामूहिक बलात्कार गर्ने तीनजना पक्राउ
पोखरामा युट्युब काण्ड : बिरामी परेकी किशोरीलाई रक्सीले मातेको भनेपछि पोखरामा हंगामा !
error: Content is protected !!