युट्युब हेरेर नक्कली नोट छाप्ने हेटौंडाका दुई पोखरामा पक्राउ


जिल्ला प्रहरी कार्यालय कास्कीले नक्कली नोट छाप्ने दुई जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरको टोलीले हेटौँडा नगरपालिका– ९ का ३३ वर्षीय प्रेमबहादुर तामाङ र सोही नगरपालिका– १ की २५ वर्षीया सरस्वती बलामीलाई सोमबार पक्राउ गरेको हो ।

उनीहरुलाई पोखरा महानगरपालिका वडा नं ५ पस्र्याङस्थित डेराबाट नक्कली नोट छाप्दाछाप्दै पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्रमान गुरुङ जानकारी दिनुभयो । 

पोखरा– १६ अर्मलास्थित गुरुङ किराना पसलमा एक हजारको नोट दिएर रु १०० को एनसेलको रिचार्ज कार्ड खरीद गरेका र पछि नक्कली नोट भएको थाहा पाएपछि प्रहरीलाई दिएको सूचनाका आधारमा उनीहरुलाई तत्काल पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।

ग१४प २५४ नंको मोटरसाइकल प्रयोग गरेर विशेष गरी महिला तथा बालबालिका भएको पसलमा नक्कली नोट दिने गरेको बताउँदै उहाँले उनीहरुले पोखराको विभिन्न २०० स्थानमा नोट साँटेको जानकारी दिनुभयो ।

प्रहरीका अनुसार उनीहरुको कोठाबाट ल्यापटप र कलर प्रिन्टर एक/एक थानसहित एक हजार दरका १९ थान नक्कली नोट र रु एक लाख २८ हजार ४३० नेपाली रुपैयाँ र एक हजार भारतीय रुपैयाँलगायत अन्य सामग्री फेला परेको छ । पक्राउ परेका दुबैजनाले युट्युबमा हेरेर नोट छाप्ने तरिका थाहा पाएको र रंगीन प्रिन्टर ल्याएर नोट छपाई गरेको बताएका छन् ।







सम्बन्धित समाचारहरू

मेलबर्नको फलफुल र तरकारी पसलमा कामदारलाई कम तलब दिएपछि लाखौं जरिवाना
खुट्टामा हानेको गोली सिधै लागेपछि विप्लवका सर्लाही ईन्चार्जको गोली लागी मृत्यु
अध्यारो रातमा, मोटरसाईकलमा आएकाहरुको युवतीमाथि सिरिन्ज आक्रमण, अनुसन्धान हुँदै
घुस खाएर त्रिभुवन विश्वविद्यालयको गोल्ड मेडल दिलाइदिने कर्माचार्य पक्राउ
ज्यान मार्ने उद्योगमा तरुण दलका जिल्ला उपाध्यक्ष राधे पक्राउ
पूर्वमन्त्रीका छोरा एवं टेलिभिजनका पूर्वसञ्चालक युनुस अन्सारी करिब ८ करोड नक्कली भारुसहित पक्राउ !
प्रधानमन्त्री ओलीका सहयोगीलाई अपराधी छुटाएको बात लगाएपछि सचिवालयको आपत्ति
तीन युवतीलाई बेच्न भारत लैजान खोज्ने तीन भारतीय युवक पक्राउ
error: Content is protected !!