यति कप नेशनल फुटबल च्याम्पियनशीपको नवौं संस्करण मार्च ९ र १० मा हुँदै, २४ टिम सहभागी हुने


अष्ट्रेलियाव्यापी फुटबल क्लबहरुको सहभागितामा हरेक वर्षमेलबर्नमा आयोजना गरिने यति कप फुटबल प्रतियोगिताको नवौं संस्करण आगामी मार्च ९ र १० तारिख हुने भएको छ । एक पत्रकार सम्मेलनको आयोजना गर्दै क्लबले प्रतियोगिताको विषयमा जानकारी दिएको हो । पत्रकार सम्मेलनमा क्लबको तर्फबाट राज शर्मा, सुदिप मास्के, सजन शर्मा र कर्ण रानाले प्रतियोगिता सम्बन्धी जानकारी दिएका थिए भने मुख्य प्रायोजक कँडेल कन्सल्टेन्सीका राज कँडेल, मल्टिडायनामिक मेलबर्नका सुरज ऐर र एभरेष्ट भ्यू ट्राभल्सका रामजी पौडेल पनि सहभागी थिए । 

उक्त अवसरमा गराइएको जानकारी अनुसार यस पटक प्रतियोगितामा २४ टिमको सहभागिता हुनेछ । अष्ट्रेलियाका विभिन्न राज्यमा खेलिरहेका फुटबल क्लबहरुले यसमा सहभागिता जनाउनेछन् । प्रतियोगिता डेरेविन ईन्टरनेशनल स्पोर्टस सेन्टर थनवरीमा आयोजना गरिनेछ । फुटबल भिक्टोरियाको प्रत्यक्ष व्यवस्थापनमा रहेको स्पोर्टस सेन्टर अन्तर्राष्ट्रियस्तरको खेल मैदान हो । यस पटकको प्रतियोगिताका खेलमा अफसाईड नहुने जानकारी पनि उक्त अवसरमा गराइएको थियो । ९ ए साईड फुटबल म्याचमा खुला उमेर समूहतर्फ एडिलेडबाट अष्ट्रेलियन भुटनिज फुटबल क्लब, क्यानबेराबाट क्यानबेरा नेप्लीज फुटबल क्लब, मेलबर्नका हिमालयन फुटबल क्लब, रोयल फुटबल क्लब, रोयल वेष्टर्न फुटबल क्लब, युनाईटेड फुटबल क्लब, यति फुटबल क्लब ब्लू र यति फुटबल क्लब रेड सहभागी हुनेछन् । यस्तै सिड्नीबाट बेनी फुटबल क्लब, वेष्ट युनाईटेड फुटबल क्लब, फेवा फुटबल क्लब, माछापुच्छ्रे फुटबल क्लब, सगरमाथा फुटबल क्लब, सेन्टजर्ज नेप्लीज क्लबले सहभागिता जनाउने निश्चित भएको छ ।

यस्तै डार्विनबाट डार्विन हर्टस फुटबल क्लब र तास्मानियाबाट अष्ट्रेलियन भुटनिज ड्रागन स्पोर्टिंग क्लब गरी १६ टिम सहभागी हुनेछन् । यस्तै ३५ वर्षभन्दा माथि उमेर समूहमा क्यानबेराबाट सीएनफसी, मेलबर्नबाट युनाईटेड फुटबल क्लब, एभरेष्ट फुटबल क्लब, यति फुटबल क्लब र क्रेगीबर्न फुटबल क्लब खेल्नेछन् भने सिड्नीबाट माछापुच्छ्रे फुटबल क्लब, हिमायन युथ क्लब, सेन्ट जर्ज नेप्लीज फुटबल क्लबको सहभागिता रहनेछ । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रतियोगितामा नेपालको राष्ट्रिय टिममा सहभागी भइसकेका खेलाडीहरु पनि खेल्दैछन् । यस्ता खेलाडीहरुको संख्या ५ भन्दा बढी रहने आयोजक यति फुटबल क्लबले जनाएको छ । प्रतियोगिताको उपाधि जित्ने टोलीले ३ हजार डलर नगद पुरस्कार समेत पाउनेछ । 







सम्बन्धित समाचारहरू

मेलबर्नको ला ट्रोव युनिभर्सिटीमा नेपाली नयाँ वर्ष र बुद्ध जयन्ती यसरी मनाइयो !
पेरुका पूर्व राष्ट्रपतिको आत्महत्या प्रकरण, ३ करोड डलर घुसको आरोप लागेको थियो
‘आईलभ यू भन्न मन लाग्यो’ गीतका लेखक दिनेश थपलिया बने प्रमुख निर्वाचन आयुक्त
वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन, श्रद्धाञ्जलीका लागि पार्थिव शरीर निवासमा राखिने
सर्वोच्चको निर्णय पश्चात एक साताभित्रै करिब चालिस अर्ब कर तिर्न एनसेललाई ताकेता
जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिने कामको लागि सर्वोच्चको ग्रिन सिग्नल
राष्ट्रिय खेलकुदमा एनआरएन खेलाडीको पहिलो स्वर्ण, अष्ट्रेलियन नेपाली बज्राचार्यले दिलाए उपाधि
गरिबको विद्यालय समता स्कूलले कसरी राख्यो वल्र्ड रेकर्ड !
error: Content is protected !!