नेपाली सेनाको अत्याधुनिक एम १६ राईफलसहित धरानबाट एकजना पक्राउ


एम १६ राईफल अमेरिकामा बनेको हतियार हो । यो राईफल नेपाली सेनाका पनि केही टुकडीसँग मात्रै छ । भैरवनाथ गण र भीभीआईपीको सुरषामा खटिने नेपाली सेनाका उच्चस्तरका जवानहरुलाई मात्रै एम १६ राईफल दिने गरिएको छ । नेपालमा धेरै लामो सशस्त्र द्वन्द्व भयो । एक दशक चलेको यो द्वन्द्वको पछिल्लो समयतिर अमेरिकाबाट यी हतियार खरिद गरिएका थिए ।

लिम्बुको साथबाट बरामद भएको एम १६ राईफल Photo – supplied

एम १६ राईफल विप्लव नेतृत्वको माओवादीका एक कार्यकर्तासँग भेटिएपछि यतिबेला नेपाली सेनाले छानविन थालेको छ । द्वन्द्वको बेला नै हराएको हतियारमध्येको यो हो वा अहिले नै कसैले दुरुपयोग गरेर यो बाहिर आएको हो भन्ने विषयमा नेपाली सेनाले छानविन अगाडि बढाएको छ ।
बुधबार धरान उपमहानगरपालिका–६ पानबारी चोक्टीबाट नेपाली सेनाले बोक्ने २ थान स्वचालित हतियारसहित विप्लव नेतृत्वको नेकपाका एकजना कार्यकर्ता पक्राउ परेका थिए ।
मोरङ केराबारी गाउँपालिका–१० बाहुनी बस्ने ४२ वर्षीय संगित भनेर समेत चिनिने देवकुमार लिम्बु अमेरिकामा बनेको अत्याधुनिक एसएमजी मेसिनगन र सेनाले मात्र प्रयोग गर्दै आएको एम १६ राईफलसहित पक्राउ परेका हुन्।
विशेष सूचनाको आधारमा प्रहरी चौकी पानबारी सुनसरीबाट खटिएको प्रहरी टोलीले विभिन्न नाकामा चेकप्वाईन्ट खडा गरि चेकजाँच तथा खानतलासी गर्ने क्रममा उनी पक्राउ परेका थिए ।

सशस्त्र द्वन्द्वमा लिम्बु जनमुक्ति सेनाका कम्पनी कमाण्डर थिए। नेपाली सेनासँग केही समिति मात्रामा रहेको अमेरिकामा निर्मित हतियार विप्लवका कार्यकर्तासँग पहिलो पटक फेला परेको हो। लिम्बु विप्लव नेकपाको पूर्वी ब्युरोका सदस्य हुन्। मोटरसाईकलमा चामलको बोराभित्र पलाईको बाकस र सो बाकसभित्र कपडाको तन्नाले बेरी लुकाई राखेको अवस्थामा हतियार बरामद भएको थियो ।

कस्तो हो एम १६ राईफल ?

अमेरिकामा बनेको एम–१६ राइफल अधिकतम ३ हजार ६ सय मिटर टाढासम्म प्रहार गर्न सकिने छ । एम–१६ राइफल ५५० मिटरसम्म प्रभावकारी र ८ सय मिटर पर सम्म टार्गेट गर्न सकिने छ । एम–१६ राइफल भियतनाम, लाओस, कम्बोडिया, श्रीलंका, सोमालिया, इराक, लाइवेरिया, प्रजातान्त्रिक गणतन्त्र कंगो लगायत मुलुकको आन्तरिक गृहयुद्ध तथ बाह्य आक्रमणका बेला राष्ट्रिय सेना र विद्रोही समूहले समेत प्रयोग गरिरहेको बताइन्छ । एउटा एम–१६ राइफलको मूल्य १ हजार ५ सयदेखि ३ हजार अमेरिकी डलरसम्म पर्छ । 







सम्बन्धित समाचारहरू

मेलबर्नको ला ट्रोव युनिभर्सिटीमा नेपाली नयाँ वर्ष र बुद्ध जयन्ती यसरी मनाइयो !
पेरुका पूर्व राष्ट्रपतिको आत्महत्या प्रकरण, ३ करोड डलर घुसको आरोप लागेको थियो
‘आईलभ यू भन्न मन लाग्यो’ गीतका लेखक दिनेश थपलिया बने प्रमुख निर्वाचन आयुक्त
वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन, श्रद्धाञ्जलीका लागि पार्थिव शरीर निवासमा राखिने
सर्वोच्चको निर्णय पश्चात एक साताभित्रै करिब चालिस अर्ब कर तिर्न एनसेललाई ताकेता
जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिने कामको लागि सर्वोच्चको ग्रिन सिग्नल
राष्ट्रिय खेलकुदमा एनआरएन खेलाडीको पहिलो स्वर्ण, अष्ट्रेलियन नेपाली बज्राचार्यले दिलाए उपाधि
गरिबको विद्यालय समता स्कूलले कसरी राख्यो वल्र्ड रेकर्ड !
error: Content is protected !!