नारे किङ्गसले जित्यो २५ सय डलर पुरस्कार सहित न्याभ कप त्रिकेट प्रतियोगिताको उपाधि


मेलबर्नमा करिब दुई महिनादेखि जारी न्याभ कप क्रिकेट प्रतियोगिताको उपाधि नारे किङ्गसले जितेको छ । जितसँगै उसले ट्रफी र २५ सय डलर पनि हात पारेको छ । आईतबार मेलबर्नको जेसी डोनार्थ रिजर्भ ग्राउन्डमा भएको फाईनल खेलमा प्रतिस्पर्धी रोयल राईनोजले दिएको १ सय २३ रनको चुनौतीलाई नारे किङ्गसले सहजै ४ विकेटको क्षतिमा १२ ओभर खर्च गर्दै हासिल गरेको हो । नारे किङ्गसका दिल पंगेनीले मात्र २१ बलमा ५८ रन बनाउन सफल भएका थिए । यसअघि रोयल राईनोजले १० विकेटको क्षतिमा २० ओभरमा १ सय २३ रन मात्र बनाउन सफल भएको थियो जसमा क्याप्टेन निरज श्रेष्ठले ३३ रन जोडेका थिए । यस्तै हिमालयन जायन्टसलाई पराजित गर्दै एक्सपर्ट क्रिकेट क्लबले तेश्रो स्थान सुरक्षित गरेको छ । यसअघि भएको कर्पोरेट टिम भर्सेस न्याभ टिमबीचको मैत्रीपूर्ण खेलमा सुरज ऐरले नेतृत्व गरेको कर्पोरेट टिमले उपाधि जितेको छ । खेलमा पहिलो पटक मैदानमा उत्रिएका हेम तामांगको दोहोरो चौका अनि ग्रेस ईन्टरनेशनलका रामचन्द्र पौडेलको क्याच हेर्न लायक थियो । प्रतियोगिताको संयोजन न्याभको तर्फबाट प्रेम उप्रेतिले गरेका थिए ।







सम्बन्धित समाचारहरू

विश्वकप फुटबलको छनोटमा नेपाल र अष्ट्रेलिया भिड्ने, खेल कुन शहरमा होला ?
पहिलो पल्ट महिलाहरु सहितको एडिलेड नेप्लिज क्रिकेट एशोशियसन कार्यकारी समिति गठन
विश्वकप क्रिकेटको उपाधि आयोजक बेलायतलाई, न्यूजिल्याण्डसँग बराबरी भएपछि सुपर ओभरमा निर्णय
रोमाञ्चक प्रतिस्पर्धामा भारतलाई स्तब्ध पार्दै न्यूजिल्याण्ड विश्वकप क्रिकेटको फाईनलमा
हिमालय टाईगर्सको आयोजनामा मेलबर्नमा फुटसल र भलिबल प्रतियोगिता हुँदै
कोलम्बियासँग अर्जेन्टिना पराजित भएपछि के भने मेस्सीले ?
विश्वकप क्रिकेट : वर्षाका कारण भारत र न्यूजिल्याण्डबीच खेल रद्ध
तेस्रो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबलाई
error: Content is protected !!