हुवावेकी मेङद्वारा क्यानाडा, सीमा निकाय विरुद्ध मुद्दा दर्ता


प्रविधि क्षेत्रको अग्रणी चिनीया कम्पनी हुवावेकी प्रमुख वित्तीय अधिकृत मेङ वान्झाउले आफू विरुद्ध गैरकानुनी थुना, खानतलास र पुछताछ गरेको भन्दै क्यानाडा सरकार, यसको सीमा निकाय तथा राष्ट्रिय प्रहरी विरुद्ध मुद्दा दर्ता गर्नुभएको छ ।

वान्झाउका वकीलहरुले ब्रिटिस कोलम्बिया सर्वोच्च अदालतमा आफ्नो मौलिक हक सुरक्षित गरिपाऊँ भन्दै मुद्दा दर्ता गरेका छन् । अमेरिकी सरकारको अनुरोधमा क्यानडाले मेङलाई गत वर्ष डिसेम्बर १ तारिखमा पक्राउ गरेको थियो । 

हुवावेका संस्थापककी छोरी मेङमाथि अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्धको उल्लङ्घन गरेको तथा इरानसँग व्यवसाय सञ्चालन गर्न बैंकहरुलाई गलत विवरण दिएको आरोप लागेको छ ।

पछिल्लो समय क्यानडा सरकारले मेङलाई अमेरिकी अधिकारी समक्ष सुपुर्दगी गर्न प्रक्रिया थालनी गरेको छ । मेङ हाल क्यानडामा देश छाड्न नपाउने गरी जमानतमा रिहा हुनुहुन्छ, र उहाँ क्यानडाको भ्यानकुभरमा बसिरहनुभएको छ । चीनले मेङको गिरफ्तारीलाई राजनीतिक कारण भन्दै विरोध गरिरहेको छ ।

मेङको गिरफ्तारीका विषयमा चीन र क्यानडाबीच पनि तिक्तता छाएको छ । चीनले पनि राष्ट्रिय सुरक्षामा खतरा रहेको भन्दै क्यानडाका पूर्व कुटनीतिज्ञ माइकल कोभरिग र क्यानडाका व्यवसायी माइकल स्पाभोरलाई डिसेम्बर १० तारिखमा गिरफ्तार गरेको छ ।

गत शुक्रबार क्यानडाको न्याय विभागका अधिकारीहरुले सुपुर्दगी प्रक्रिया शुरु गर्न अनुमति दिएका थिए । सुपुर्दगी प्रक्रिया प्रारम्भ गर्न बुधबार मेङलाई अदालतमा उपस्थित गराइँदैछ । तर यो प्रक्रिया पूरा हुन महिनौं वा कहिलेकाहिँ वर्षौं लाग्न सक्छ ।







सम्बन्धित समाचारहरू

उत्तरपश्चिम सिरियामा १०० भन्दा बढी लडाकू मारिए
क्रिप्टोकरेन्सीलाई मान्यता दिन नहुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई, यो अविश्वसनीय
लिबियामा युद्धविराम गर्न राष्ट्रसंघको आग्रह
अचानक डोनाल्ड ट्रम्प उत्तरकोरियामा, तीन नेताको गम्भीर वार्ताले कोरिया द्विपमा शान्ति ल्याउला ? 
अमेरिकाले ईरानमाथि आक्रमण गरे यो क्षेत्रमै उसका समर्थक राष्ट्रको तवाही गर्ने चेतावनी
इरानले आफ्नो ड्रोन खसाएको अमेरिकाले स्वीकार्‍यो
दक्षिणी त्रिपोलीमा तीन हवाई आक्रमण
मालीमा भएका साम्प्रदायिक हमलामा ९५ जनाको मृत्यु
error: Content is protected !!