समुद्रमा डुबेर नेपाली मरणको समाचार फेरि सुन्न नपरोस् भन्दै एडिलेडमा चेतनामुलक कार्यक्रम


– रमन अधिकारी

नेपालीहरु समुद्रमा डुबेर ज्यान जाने घटनाहरुमा बृद्धि भएप्छि यसका विरुद्ध सचेतना कार्यक्रम हुन थालेका छन् । ज्ञान र सावधानीको अभावमा कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने कामना गर्दै सोमबार एडिलेडमा यस्तै सचेतना कार्यक्रम भयो । एनआरएन अष्ट्रेलियाको आयोजनामा सम्पन्न बीच सेफ़्टी प्रोग्राममा अजिमेड्स, नेपाली नर्सेस एशोशियसन एडिलेडका साथमा स्थानीय नेपाली स्पोर्ट्स क्लवहरु एडिलेड नेप्लिज क्रिकेट एशोशियसन, नेपाल टेनिस क्लव, नेपाल बास्केटबल क्लव तथा एडिलेड खुकुरी फुटबल क्लवले सहकार्य गरेका थिए । कार्यक्रमको संयोजन भुमिका नेपाली समूदायका अगुवा गोविन्द रानाले गरेका थिए । 

केही महिना अगाडी समुद्रीतटमा एडिलेडका नेपाली विद्वार्थी निश्चल घिमिरेले ज्यान गुमाएका थिए भने अष्ट्रेलियाका अन्य राज्यहरुमा पनि नेपालीहरुले पानीमा डुबेर ज्यान गुमाएका घटना सार्वजनिक भएको दुखद घडीमा त्यही दुर्घटनालाई मध्यनजर गर्दै यस्ता घट्नाहरु फेरि नहोस् भन्ने कामना गर्दै सचेतना जगाउने प्रयास गरिएको एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष अशोक केशीले जानकारी गराए ।

यस्ता चेतनामुलक कार्यक्रमले आफु मात्र बच्ने नभएर अरुलाई कसरी बचाउन सकिन्छ भन्ने कुरा सिक्न सकिने कार्यक्रमका अन्य वक्ताहरुको धारणा थियो । नेपाल एक भुपरिवेष्ठित देश भएकोले समुद्रको पानीका विषयमा नेपालीलाई कमै ज्ञान हुने भएकोले पनि दुर्घटना बढेको सबैको ठम्याई थियो । कार्यक्रममा साउथ अष्ट्रेलियाका सांसद एवं पुर्व संस्कृति मन्त्री केट्रीना हिल्डयाड, पुर्वसभामुख रसोल वट्ली तथा सांसद दाना वट्लीले नीतिगत तहमा गर्न सकिने सुधारका लागि या अन्य समस्याहरु के हुन् भन्ने धारणा राखेका थिए ।







सम्बन्धित समाचारहरू

को आउला नेपाल वायुसेवा निगमको व्यवस्थापन चलाउन ? ग्लोबल टेन्डरको तयारी
विश्वकप फुटबलको छनोटमा नेपाल र अष्ट्रेलिया भिड्ने, खेल कुन शहरमा होला ?
गुल्मी समाज भिक्टोरियाको अध्यक्षमा गान्धी भट्टराई चयन, सकियो साधारणसभा
सिड्नीमा नेपाली हिन्दु समाज अष्ट्रेलियाको श्रीमद् भागवत सप्ताह सम्पन्न
नेपाली उत्पादनको लागि ऐतिहासिक फड्को, गोल्डस्टार जुत्ताको आधिकारिक शोरुम सिड्नीमा (with Video)
वर्षातको असर, कुलेखानी जलविद्युत आयोजना पूर्ण क्षमतामा सञ्चालन, ड्याम बचाउन नियन्त्रित निकास
मेलबर्नमा मेट्रो रेल दुई कारसँग ठोक्किएर दुर्घटना, यात्रु र ड्राईभर सुरक्षित
विश्वकप क्रिकेटको उपाधि आयोजक बेलायतलाई, न्यूजिल्याण्डसँग बराबरी भएपछि सुपर ओभरमा निर्णय
error: Content is protected !!