एड्समाथिको अर्को विजय, एचआईभी सङ्क्रमित दोस्रो व्यक्तिले छुटकारा पाए


प्राणघातक एड्स रोग लगाउने एचआईभी–१ भाइरसबाट पीडित अर्का एक व्यक्ति रोगमुक्त भएका छन् । अनुसन्धाताहरुले उनीमाथिको उपचार रोकिएको र सम्भवतः निको भएको जनाएका छन् । पेरिसमा आयोजना गरिने एक चिकित्सा सम्मेलनमा मङ्गलबार यस अद्भूत कार्यका बारेमा घोषणा गरिँदैछ ।

एचआईभी–सङ्क्रमित ती व्यक्तिलाई दश वर्षपछि रोगमुक्त भएको घोषणा गरिएको हो । उनलाई “लन्डन बिरामी” को उपनाम दिइएको छ । विगत १९ महिनादेखि उनको शरीरमा एचआईभी नपाइएको नेचर नामको जर्नलमा समाचार छ । दश वर्षअघि पनि यस्तै एक व्यक्तिलाई रोगमुक्त रहेको घोषणा गरिएको थियो ।

रगतको क्यान्सर उपचारका लागि बिरामीको हड्डीको मासी (बोन म्यारो) प्रत्यारोपण गरिएको थियो । एचआईभी सङ्क्रमण नहोस् भन्नका लागि दाताबाट प्राप्त मूल कोशिका (स्टेम सेल्स) लाई पनि जेनेटिक उपचार गरिएको थियो ।

“उपचार सफल देखिएकाले बर्लिन बिरामीको पनि सफल उपचार हुनेछ,” क्याम्ब्रिज विश्वविद्यालयका प्रोफेसर एवं मुख्य लेखक रवीन्द्र गुप्ताले बताउनुभयो ।

विश्वमा लाखौं मानिस एचआईभीबाट पीडित छन् । लाखौं बिरामीले एन्टीरेट्रोभाइरल थेरापी ९एआरभी० औषधि सेवन गरिरहेका छन्, तर कुनै पनि बिरामी पूर्ण रुपमा निको हुन सकेका छैनन् ।

“अहिले, एचआईभीको उपचार गर्ने एकमात्र विधि औषधि सेवन मात्र हो जसले भाइरसको फैलावटलाई रोक्दछ । र यो औषधि बिरामीले आजीवन सेवन गर्नु पर्दछ ।” गुप्ताले भन्नुभयो । “यसले विकासशील मुलुकहरुलाई ठूलै चुनौती सिर्जना गरिरहेको छ । यी देशमा अझै पनि धेरै मानिसले पर्याप्त उपचार प्राप्त गर्न सकेका छैनन् ।”

एक अनुमान अनुसार विश्वमा हाल ३ करोड ७० लाख मानिसमा एचआईभी छ, तर करिब ५९ प्रतिशतले मात्र एआरभी सेवन गर्न पाएका छन् । एचआईभीसँग सम्बन्धित कारणहरुबाट बर्सेनि झण्डै १० लाख मानिसको मृत्यु हुने गरेको छ ।

एचआईभीकै स्वरुपमा एउटा नयाँ औषधि–प्रतिरोधी परिस्थिति सिर्जना भइरहेको वैज्ञानिकहरुको भनाई छ ।

गुप्ता र उहाँको टोलीले हड्डीको मासी ९बोन म्यारो० प्रत्यारोपण उपचार विधि एचआईभी उपचारका लागि उपयुक्त विकल्प नरहेको पनि बताएको छ । यो विधि निकै डरलाग्दो र पीडादायी हुने गर्दछ ।

तर यो प्रत्यारोपणले विज्ञानिकहरुलाई उपचारमा नयाँ खोज गर्न र सानोभन्दा सानो विधिबाट बिरामीको उपचार गर्न सकिने बाटो देखाउने गुप्ताको भनाई छ ।







सम्बन्धित समाचारहरू

उत्तरपश्चिम सिरियामा १०० भन्दा बढी लडाकू मारिए
क्रिप्टोकरेन्सीलाई मान्यता दिन नहुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई, यो अविश्वसनीय
लिबियामा युद्धविराम गर्न राष्ट्रसंघको आग्रह
अचानक डोनाल्ड ट्रम्प उत्तरकोरियामा, तीन नेताको गम्भीर वार्ताले कोरिया द्विपमा शान्ति ल्याउला ? 
अमेरिकाले ईरानमाथि आक्रमण गरे यो क्षेत्रमै उसका समर्थक राष्ट्रको तवाही गर्ने चेतावनी
इरानले आफ्नो ड्रोन खसाएको अमेरिकाले स्वीकार्‍यो
दक्षिणी त्रिपोलीमा तीन हवाई आक्रमण
मालीमा भएका साम्प्रदायिक हमलामा ९५ जनाको मृत्यु
error: Content is protected !!