मेलबर्नको मम फेष्टिभलमा ३० भन्दा बढी प्रकारका मम चाख्न पाइने, विपुल क्षेत्री आउँदै


सोलाङ्चरको आयोजनामा मेलवर्नमा हुन लागेको ‘मःम फेष्ट’ मा ३० भन्दा बढी प्रकारका मम चाख्न पाइने भएको छ । ‘मःम फेष्ट २०१९’ नामाकरण गरिएको यस कार्यक्रमको प्रमुख उद्देश्य स्थानीय अष्ट्रेलियनहरुलाई बढीभन्दा बढी सहभागी बनाई नेपालको पर्यटन प्रवद्र्धनमा सघाउ पुर्याउने रहेको सोलाङ्चरले जनाएको छ ।  मेलवर्नको नर्थ कोवर्गस्थित चाल्र्स स्ट्रिटमा रहेको कोवर्ग भेलोड्रोमम मम फेष्टिभल आयोजना हुनेछ ।
फेष्टिभलमा १५ वटा मःम स्टलहरु रहनेछन् भने विहान १२ बजेदेखि राति १० बजेसम्म फेष्टिभल सञ्चालन हुनेछ ।

२०१७ बाट शुरुवात भएको यो फेष्टिभल स्थानीय रुपमा चर्चित बन्दै गएको छ । सोलाङ्चरका क्रियटिभ डाईरेक्टर राजु शाक्यका अनुसार प्रवेश निःशुल्क हुनेछ तर रजिष्ट्रेसन आवश्यक पर्नेछ । स्थानीय तथा नेपाली संघसंस्थाको समेत सहकार्यमा हुने यस कार्यक्रममा नेपाल तथा अन्तराष्ट्रिय स्तरका सांगेतिक प्रस्तुतिहरु रहनेछन् । जसअन्तर्गत आईजल्याण्ड रुट्स, दि कजुज, रिदम युनाईट्स, पार्टी गल्र्स, इण्डिजियस हिप हप, ब्राजिलियन साम्भा डान्स प्रस्तुति विशेष रहने सोलाङ्चरले जनाएको छ । मम फेष्टिभलको प्रमुख आकर्षण गायक ‘विपुल क्षेत्री एण्ड द ट्राभलिङ व्याण्ड’को विशेष प्रस्तुति रहनेछ ।

कार्यक्रममा बालबालीकाहरुका लागि ‘दि कजुज’ र बम्बल बि एण्ड अप्टिमस प्राईमले भरपुर मनोरंजन गराउने योजना छ । कार्यक्रमलाई मनोरंजनपूर्ण बनाउन मःम खाने कम्पिटिसन पनि राखिएको छ भने विजेताले पुरस्कार पनि पाउने छन् ।
एमएनटीभीसँग कुरा गर्दै सोलाङ्चरका निर्देशक शाक्यले भने, “नेपालीहरुद्धारा आयोजित यस कार्यक्रम मःम फेष्ट साउथ एसियाली मुलुकभन्दा बाहिर हुने मःम फेष्टिभलहरुमा सबैभन्दा उत्कृष्ट र वृहद कार्यक्रम हो भन्नेमा हामी दावी गर्दछौं । साथै स्थानीय स्तरमा पनि नेपाली समुदाय बाहिरबाट स्थानीयहरुले अत्याधिक रुचाईएको कार्यक्रम हो भन्ने अघिल्ला कार्यक्रमहरुबाट नै प्रमाणित भईसकेको छ ।”  शाक्यले मम फेष्टिभलमा सहभागी बन्न सबैलाई आग्रह गरेका छन् ।







सम्बन्धित समाचारहरू

मेलबर्नको ला ट्रोव युनिभर्सिटीमा नेपाली नयाँ वर्ष र बुद्ध जयन्ती यसरी मनाइयो !
पेरुका पूर्व राष्ट्रपतिको आत्महत्या प्रकरण, ३ करोड डलर घुसको आरोप लागेको थियो
‘आईलभ यू भन्न मन लाग्यो’ गीतका लेखक दिनेश थपलिया बने प्रमुख निर्वाचन आयुक्त
वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन, श्रद्धाञ्जलीका लागि पार्थिव शरीर निवासमा राखिने
सर्वोच्चको निर्णय पश्चात एक साताभित्रै करिब चालिस अर्ब कर तिर्न एनसेललाई ताकेता
जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिने कामको लागि सर्वोच्चको ग्रिन सिग्नल
राष्ट्रिय खेलकुदमा एनआरएन खेलाडीको पहिलो स्वर्ण, अष्ट्रेलियन नेपाली बज्राचार्यले दिलाए उपाधि
गरिबको विद्यालय समता स्कूलले कसरी राख्यो वल्र्ड रेकर्ड !
error: Content is protected !!