एडिलेडमा भव्यताका साथ महाशिवरात्री मनाइयो


रमन अधिकारी/ एडिलेड

एडिलेड भजन किर्तन समुहको मुख्य आयोजनामा शिवरात्री पर्व धुमधामका साथ मनाइएको छ ।
नेपालमा जस्तै भव्य मण्डप बनाएर शिवजीको आराधना गरिएको थियो भने भक्तजनहरु व्यवस्थित भई लाईनबद्ध बनेर पूजा गरेका थिए । नेपालबाट आफ्ना सन्तानहरुलाई भेट्न अष्ट्रेलिया आएका अभिभावकहरुको उल्लेख्य सहभागिता रहेको शिवरात्रीको सञ्चालन सहित्यकार एवं समुहका सचिव आरके शर्माले गरेका थिए। लगातार भजन र किर्तनले भक्तजनहरुलाई कुनै शिवालयमै रहेको अनुभूति दिएको कार्यक्रमको संयोजनकारी भुमिका समुहका सदस्य दया पराजुलीले गरेका थिए । अष्ट्रेलियामा हुर्केपनि नेपालीका दोश्रो पुस्ताका बालबालिकाहरुलाई आफ्नो कला, संस्कृति र परम्पराबारे जानकारी दिन यस्ता कार्यक्रम उपयोगी हुने पराजुलीको ठम्याई छ । उत्साहपूर्ण सहभागिताबाट हौसिएका भजन कीर्तन समूहका अध्यक्ष गणेश पराजुलीले एमएनटीभीसँग कुरा गर्दै सम्पुर्ण संघ संस्थाको सहयोगले भजन किर्तन समुह यति छोटो समयमै यतिधेरै उपलब्धी हासिल गर्न सफल भएको बताए ।







सम्बन्धित समाचारहरू

को आउला नेपाल वायुसेवा निगमको व्यवस्थापन चलाउन ? ग्लोबल टेन्डरको तयारी
विश्वकप फुटबलको छनोटमा नेपाल र अष्ट्रेलिया भिड्ने, खेल कुन शहरमा होला ?
गुल्मी समाज भिक्टोरियाको अध्यक्षमा गान्धी भट्टराई चयन, सकियो साधारणसभा
सिड्नीमा नेपाली हिन्दु समाज अष्ट्रेलियाको श्रीमद् भागवत सप्ताह सम्पन्न
नेपाली उत्पादनको लागि ऐतिहासिक फड्को, गोल्डस्टार जुत्ताको आधिकारिक शोरुम सिड्नीमा (with Video)
वर्षातको असर, कुलेखानी जलविद्युत आयोजना पूर्ण क्षमतामा सञ्चालन, ड्याम बचाउन नियन्त्रित निकास
मेलबर्नमा मेट्रो रेल दुई कारसँग ठोक्किएर दुर्घटना, यात्रु र ड्राईभर सुरक्षित
विश्वकप क्रिकेटको उपाधि आयोजक बेलायतलाई, न्यूजिल्याण्डसँग बराबरी भएपछि सुपर ओभरमा निर्णय
error: Content is protected !!