देउवाले गरे कार्यकाल लम्ब्याउन खोजेको आरोपको प्रतिवाद, अधिवेशन तोकिएकै समयमा गरिने


नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कार्यकाल लम्ब्याउने पक्षमा नरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा  सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टीको अधिवेशन तोकिएको समयमा हुने जानकारी दिनुभयो । नेपाली काँग्रेसभित्रको विवादका विषयमा पूर्वप्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले स्पष्टीकरण दिएका हुन् । यसअघि डा. शेखर कोइरालाले देउवाले आफ्नो कार्यकाल लम्ब्याउन चाहेको आरोप लगाएका थिए । यसैका लागि नेविसंघभित्र समेत अधिवेशन हुन नदिइएको उनको आरोप थियो । सभापति देउवाले हालै भएको चाक्सीबारी बैठक सामान्य कुरा भएको र साथीहरुबीच छलफल हुनु कुनै अनौठो नभएको प्रस्ट पार्नुभयो । पूर्वप्रधानमन्त्री देउवाले पार्टीका नेता डा शेखर कोइरालालाई पार्टी नेतृत्वका सम्बन्धमा जथाभावी नबोल्न आग्रह गरिएको र उहाँको सम्बन्धमा आफूले वीरगञ्जमा जवाफ दिएको बताउनुभयो । “पार्टीको नेतृत्वमा कोइराला आउन
नपाउने वा चुनावमा उठ्नै नपाउने कुरा कहीँ कतै गरेको छैन”, उहाँले भन्नुभयो । कोइरालालाई बोलेको आधारमा अनुशासनको कारवाही नहुने सभापति देउवाको भनाइ थियो । जिल्ला सभापतिहरुले विशेष महाधिवेशन गर्नुपर्ने मागसम्बन्धी लिखित जानकारी अझसम्म नआएको उहाँले बताउनुभयो ।

सभापति देउवाले ‘वाइड बडी’ विमान खरीदबारे प्रधानमन्त्री केपी शर्मा ओली स्वस्थ भएपछि छफलफल गर्ने बताउनुभयो । उहाँले नेवि सङ्घको तदर्थ समिति चाँडै गठन गरिने बताउनुभयो । उहाँ न्यू सृष्टि दैनिकको वार्षिकोत्सव समारोहमा सहभागी हुन आज विराटनगर आउनुभएको हो ।







सम्बन्धित समाचारहरू

मेलबर्नको ला ट्रोव युनिभर्सिटीमा नेपाली नयाँ वर्ष र बुद्ध जयन्ती यसरी मनाइयो !
पेरुका पूर्व राष्ट्रपतिको आत्महत्या प्रकरण, ३ करोड डलर घुसको आरोप लागेको थियो
‘आईलभ यू भन्न मन लाग्यो’ गीतका लेखक दिनेश थपलिया बने प्रमुख निर्वाचन आयुक्त
वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन, श्रद्धाञ्जलीका लागि पार्थिव शरीर निवासमा राखिने
सर्वोच्चको निर्णय पश्चात एक साताभित्रै करिब चालिस अर्ब कर तिर्न एनसेललाई ताकेता
जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिने कामको लागि सर्वोच्चको ग्रिन सिग्नल
राष्ट्रिय खेलकुदमा एनआरएन खेलाडीको पहिलो स्वर्ण, अष्ट्रेलियन नेपाली बज्राचार्यले दिलाए उपाधि
गरिबको विद्यालय समता स्कूलले कसरी राख्यो वल्र्ड रेकर्ड !
error: Content is protected !!