मेलबर्नको सडक दुर्घटनामा घाइते निश्मा श्रेष्ठको निधन, अंग दान गर्ने निर्णय


नेपालमा काभ्रे घर भई हाल मेलबर्नमा पढाईको सिलसिलामा ग्लेनरोयमा बस्दै आएकी निश्मा श्रेष्ठको सडक दुर्घटनामा निधन भएको छ । बिहीबार मार्च १ तारिख राति करिब एक बजेतिर भएको सडक दुर्घटनामा परेपछि गाडीका चालकले प्रहरीलाई खबर गरेका थिए । सडक पार गर्ने क्रममा गाडीले ठक्कर दिएको र उनको टाउकोमा गम्भीर चोट लागेको थियो । उनले निधन अघि आफ्नो अंग दान गर्ने निर्णय गरेकी थिइन् । एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष केशव कँडेलले निश्माको निधन गत मार्च ४ तारिखमै भएको जानकारी दिए । तर, परिवारका सदस्यहरु आउँदासम्म यो खबर सार्वजनिक गरिएको थिएन । बिहीबार ७ मार्चमा उनका आफन्तजन मेलबर्न आइपुगेपछि अस्पतालले औपचारिक रुपमा जानकारी दिएको थियो । संयोग पनि कस्तो परेको छ भने मार्च ३ तारिखमा उनको जन्मदिन थियो । फेसबुक वालमा भने ४ मार्चमा जन्मदिन देखाएपछि साथीभाईले उनलाई जन्मदिनको सन्देशहरु छोडेका थिए  । तर, उनी भने मृत्युसँग यही दिन हार्न पुगिन् । अष्ट्रेलियामा सपनाहरुलाई पछ्याउँदै गर्दा एउटा नेपाली युवतीको दुखद अन्त्य हुन पुग्यो । निश्मा दुर्घटनामा परेपछि यस विषयमा प्रहरीले महावाणिज्यदूतको कार्यालय, एनआरएन भिक्टोरिया र न्याभलाई जानकारी दिएको थियो ।

नेप्लीज एशोसिएसन अफ भिक्टोरियाका अध्यक्ष तारा गैरेले नेपालबाट अध्ययनको सिलसिलामा यहाँ आएका सबै विद्यार्थीहरुले सडक अनुशासनका विषयमा आफ्नो जानकारीलाई अझ बढाउनुपर्ने बताए । “सडकको प्रयोग गर्दा, समुद्रमा जाँदा धेरै नै चनाखो हुन आवश्यक छ । दुर्घटना हो, हुनसक्छ । तर, पूर्वसावधानीले यसलाई टार्न मद्दत गर्छ ।” एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष कँडेलले आग्रह गरे,  “नेपाली विद्यार्थीको संख्या बढेसँगै यस्ता दुर्घटनामा हाम्रा दाजुभाई दिदी बहिनीलाई गुमाउँदाको पीडा समूदायलाई निकै नै सकसपूर्ण बन्दै आएको छ । अझ परिवारमा त उज्वल सपना देखेर अष्ट्रेलिया उच्च शिक्षाका लागि आएका आफन्तजनको अन्त्यको खबरले झन कति पीडा दिन्छ यो बयान गरिसाध्य छैन ।” उनले थपे, “यसैले सावधानी नै एकमात्र उपाय हो । कृपया सबैजना सचेत बन्दिनुस् प्लीज ।”







सम्बन्धित समाचारहरू

को आउला नेपाल वायुसेवा निगमको व्यवस्थापन चलाउन ? ग्लोबल टेन्डरको तयारी
विश्वकप फुटबलको छनोटमा नेपाल र अष्ट्रेलिया भिड्ने, खेल कुन शहरमा होला ?
गुल्मी समाज भिक्टोरियाको अध्यक्षमा गान्धी भट्टराई चयन, सकियो साधारणसभा
सिड्नीमा नेपाली हिन्दु समाज अष्ट्रेलियाको श्रीमद् भागवत सप्ताह सम्पन्न
नेपाली उत्पादनको लागि ऐतिहासिक फड्को, गोल्डस्टार जुत्ताको आधिकारिक शोरुम सिड्नीमा (with Video)
वर्षातको असर, कुलेखानी जलविद्युत आयोजना पूर्ण क्षमतामा सञ्चालन, ड्याम बचाउन नियन्त्रित निकास
मेलबर्नमा मेट्रो रेल दुई कारसँग ठोक्किएर दुर्घटना, यात्रु र ड्राईभर सुरक्षित
विश्वकप क्रिकेटको उपाधि आयोजक बेलायतलाई, न्यूजिल्याण्डसँग बराबरी भएपछि सुपर ओभरमा निर्णय
error: Content is protected !!