प्रदेश नं २ मा सरकार परिवर्तनको हतार छैन : अध्यक्ष दाहाल


पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं २ को सरकार तत्काल परिवर्तन गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताउनुभएको छ । नेकपाद्वारा रौतहटको गरूडामा आयोजित प्रदेश नं २ स्तरीय आमसभामा अध्यक्ष दाहालले प्रदेश नं २ मा सरकार परिवर्तनका लागि पार्टीमा हतार गरेको छैन भन्नुभयो ।

अध्यक्ष दाहालले आफ्नो दल प्रदेश नं २ को सरकारलाई उदारतापूर्वक काम गर्न दिने पक्षमा रहेको बताउनुभयो । कम्युनिष्ट सरकारका बारेमा तराई मधेश विरोधीको भ्रम फैलाउने प्रयास भइरहेको प्रति सजग रहन आम जनसमुदायलाई आग्रह गर्दैै उहाँले सरकारले तराई मधेशका लागि विशेष परियोजना कार्यान्वयन गरेको बताउनुभयो । रौतहटको भूमि निरंकुशता विरूद्ध विद्रोह गर्ने प्रेरणाको भूमि भएको उल्लेख गर्दै अध्यक्ष दाहालले तराई मधेशको भविष्यलाई उज्ज्वल पार्न ठूलाठूला परियोजना प्रारम्भ सरकारले गरेको छ भन्नुभयो । 

अब सरकार र नेकपाले देशलाई नयाँ युगमा प्रवेश गराउने दिशा लिएको बताउँदै उहाँले भन्नुभयो, “अब युगान्तकारी परिवर्तनको वातावरण बनेको छ ।” दुई छिमेकी देश भारत र चीनसँगको सम्बन्ध थप विस्तार भएसँगै विकास निर्माण कार्यले पनि तीव्रता पाएको बताउँदै अध्यक्ष दाहालले तराई मधेशका जनतालाई मुक्ति अनुभूति गराउने कार्य सरकारले गरिरहेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले मधेशवादी दलले आफ्नो पार्टीका बारेमा भ्रमको खेती गरीरहे पनि आफ्नो दल जनताको प्यारो दल बन्न पुगेको बताउनुभयो । यही भूमिबाट नेपालबाट सामन्तवाद विरूद्ध विद्रोह शुरूआत भएको चर्चा गर्दै उहाँले वर्तमान सरकार मधेशी जनताको उत्थानमूलक कार्य गर्न सङ्कल्पित रहेको छ भन्नुभयो । नेकपाका प्रदेश नं २ का अध्यक्ष प्रभु साहले तराई मधेशको विकासका लागि केन्द्रीय सरकारले गरेका प्रतिबद्धता पूरा हुनुपर्नेमा जोड दिनुभयो ।







सम्बन्धित समाचारहरू

मेलबर्नको ला ट्रोव युनिभर्सिटीमा नेपाली नयाँ वर्ष र बुद्ध जयन्ती यसरी मनाइयो !
पेरुका पूर्व राष्ट्रपतिको आत्महत्या प्रकरण, ३ करोड डलर घुसको आरोप लागेको थियो
‘आईलभ यू भन्न मन लाग्यो’ गीतका लेखक दिनेश थपलिया बने प्रमुख निर्वाचन आयुक्त
वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन, श्रद्धाञ्जलीका लागि पार्थिव शरीर निवासमा राखिने
सर्वोच्चको निर्णय पश्चात एक साताभित्रै करिब चालिस अर्ब कर तिर्न एनसेललाई ताकेता
जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिने कामको लागि सर्वोच्चको ग्रिन सिग्नल
राष्ट्रिय खेलकुदमा एनआरएन खेलाडीको पहिलो स्वर्ण, अष्ट्रेलियन नेपाली बज्राचार्यले दिलाए उपाधि
गरिबको विद्यालय समता स्कूलले कसरी राख्यो वल्र्ड रेकर्ड !
error: Content is protected !!