खुशी, आत्मीयता, प्रेम र सद्भावको पर्व होलीमा एडिलेड संगीतमय बन्दै !


एक रंगबिरंगा मस्ती भरिएको पर्व हो होलि। यस दिन सारा मानिस आफनो पुरानोे गुनासाहरु भुली गला लाग्छन् र एक अर्कोलाई अबिर लगाउछन् ।बिभिन्न रङहरुको साथमा खेलिने होलीले खुशी, आत्मीयता, प्रेम र सद्भाव बढाएर सामाजिक एकता बढाउँदछ। सोही कुरालाई मध्यनजर गर्दै गत बर्ष एडिलेड नेपालद्वारा होली विशेष कार्यक्रम आयोजना गरिएको थियो। नेपाली दाजुभाई तथा दिदी बहिनीहरुको उत्साह अनि उमंग देखेर पुनः यस वर्ष फागु पुर्णिमाका दिन होली फ़ेस्टीवल संगठित गर्न प्रोत्साहित भएका एडिलेड नेपालका अध्यक्ष गोकुल ढकाल बताउँछन्।

स्थानीय मिचेल पार्क रिजर्भमा मार्च १७ का दिन हुन गइरहेको होली फ़ेस्टीवलको माहोल मनोरन्जनमय हुने भएको छ । नेपालबाट चिर परिचित गायक प्रमोद खरेल, सुदिन पोख्रेल, गायिका आस्था राउत, नायिका केकी अधिकारी एवं हास्यकलाकार दिनेश काफ्लेलाई निमन्त्रणा दिइएको छ भने स्थानीय कलाकारहरुलाई पनि यस अवसरमा आफ्नो कला प्रस्तुति गर्नेछन् । 

प्रवेश निःशुल्क गरिएको होलि फ़ेस्टीवललाइ वतावरण मैत्री सफल पार्नका निमित्त विभिन्न हानिकारक रङ लाई उन्मुलन गर्दै हर्बल तथा रसायन्मुक्त रङ्ग सोही स्थलमा सुपथ मुल्यमा उपलब्ध गराइने भएको छ । यस्तै बिभिन्न फुड तथा कर्पोरट् स्टल पनि होलि फेस्टिवलको आकर्षण बन्नेछन् ।

बिदेशी भुमीमा बसोबास गरेतापनी नेपाली चाडपर्व, र धर्म संस्कृतिलाई जिवित राख्न जरुरी हुने र यस्ता कार्यक्रमहरुका मद्दत स्वरुप आगमी पिढीले पनि आफ्नो संस्कृतिलाई नजिकैबाट नियाल्ने र अप्नाउने मौका पाउने गर्दछन। तर्सथ, समय समयम यसरी कार्यक्रम तथा सम्मेलन आयोजना गर्दा सबैमा मातृभुमिक्त्व बडाउनु नै कार्यक्रमको मुख्य आसय रहेको उनी बताउछन् ।







सम्बन्धित समाचारहरू

मेलबर्नको ला ट्रोव युनिभर्सिटीमा नेपाली नयाँ वर्ष र बुद्ध जयन्ती यसरी मनाइयो !
पेरुका पूर्व राष्ट्रपतिको आत्महत्या प्रकरण, ३ करोड डलर घुसको आरोप लागेको थियो
‘आईलभ यू भन्न मन लाग्यो’ गीतका लेखक दिनेश थपलिया बने प्रमुख निर्वाचन आयुक्त
वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन, श्रद्धाञ्जलीका लागि पार्थिव शरीर निवासमा राखिने
सर्वोच्चको निर्णय पश्चात एक साताभित्रै करिब चालिस अर्ब कर तिर्न एनसेललाई ताकेता
जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिने कामको लागि सर्वोच्चको ग्रिन सिग्नल
राष्ट्रिय खेलकुदमा एनआरएन खेलाडीको पहिलो स्वर्ण, अष्ट्रेलियन नेपाली बज्राचार्यले दिलाए उपाधि
गरिबको विद्यालय समता स्कूलले कसरी राख्यो वल्र्ड रेकर्ड !
error: Content is protected !!