कमल थापाले भने, सरकार र राउतबीचको सहमति स्वागतयोग्य तर केही कुरा स्पष्ट पार्नुपर्छ


राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले सैद्धान्तिक रुपमै मुलुकको राष्ट्रिय अखण्डता स्वीकार गरेर आउने जो कोहीलाई पनि स्वागत गर्नुपर्ने बताउनुभएको छ । राप्रपाको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राका क्रममा आज यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले भन्नुभयो, “सरकार र सिके राउतबीच भएको सहमति स्वागतयोग्य छ । सहमतिमा भएका कतिपय अस्पष्टतालाई सरकारले प्रष्ट पार्नुपर्छ ।’’ 

नेत्र विक्रम चन्दले नेतृत्व गरेको माओवादीको हिंसात्मक गतिविधितर्पm इङ्गित गर्दै अध्यक्ष थापाले भन्नुभयो, “दमनको नीतिले समाधानमा पुग्न सकिदैन् । सरकार यस विषयमा गम्भीर हुनैपर्छ ।” एक प्रश्नको जवाफमा उहाँले प्रधानमन्त्री केपी शर्मा ओली सबल र सक्षम नेतृत्वकर्ता भए पनि सरकारको मार्गचित्र स्पष्ट नभएकाले जनतामा अन्योलताको अवस्था देखिएको बताउनुभयो ।

उहाँले आप्mनो दलको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा कुनै दल विशेषको विरोधमा नभई राष्ट्रिय अखण्डता, स्वतन्त्रता, हिन्दूत्वको रक्षाका लागि भएको बताउनुभयो । आइतबार नेपालगञ्ज पुगेको स्वाभिमान यात्रा आज दाङका लागि प्रस्थान गरेको छ । चैत १ गते काठमाडौँको भृकुटीमण्डपमा आमसभाको आयोजना गरी यात्राको समापन गरिने बताइएको छ ।







सम्बन्धित समाचारहरू

विप्लव नेतृत्वको माओवादीमा खैलाबैदा, सरकारी धरपकडले निरन्तर खस्कदो छ पार्टीको संरचना
हिंसात्मक गतिविधिलाई प्रोत्साहन दिनु प्रेस स्वतन्त्रताको मर्यादा बाहिर, सञ्चारमन्त्री भन्छन् बन्दुक त्यागे विप्लबसँग वार्ता
विप्लव माओवादीलाई प्रतिबन्ध नलगाएको नारायणकाजीको दाबी, संविधान विरोधी गतिविधि मात्र नियन्त्रण
मार्ने लिष्टमा आफुलाई विप्लव समूहले एक नम्बरमा राखेको भन्दै प्रचण्ड आक्रोशित, भने यस्तो देखेर दया लाग्छ
सिके राउतसँग भएको सहमति पछिका क्रियाकलापबारे काङ्ग्रेसको ध्यानाकर्षण
कमल थापाले भने, सरकार र राउतबीचको सहमति स्वागतयोग्य तर केही कुरा स्पष्ट पार्नुपर्छ
गृहमन्त्रीले संसदमा उभिएर भने, हामीले राउतसँग आत्मसमर्पण गरेको होइन
प्रदेश नं २ मा सरकार परिवर्तनको हतार छैन : अध्यक्ष दाहाल
error: Content is protected !!