सिके राउतसँग भएको सहमति पछिका क्रियाकलापबारे काङ्ग्रेसको ध्यानाकर्षण


सरकार र सीके राउतबिच भएको सम्झौताको स्वागत गरेको नेपाली काँग्रेसले यसपछि भएका गतिविधिका कारण आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा र प्रवक्ता विश्वप्रकाश शर्माले यो सहमतिले मधेशमा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्ने र अखण्डताको माग राख्दै आन्दोलित शक्तिलाई मूलधारमा आउन सघाउने भन्दै स्वागत गरेका थिए । तर, सीके राउतले आफ्नो गृहजिल्ला पुगेर कार्यकर्ताहरुले फेरि मधेश देशको नारा लगाएपछि भने आशंका बढेको काँग्रेसले जनाएको हो । 

काङ्ग्रेस संसदीय दलको कार्यालयले विज्ञप्तिमार्फत उक्त सहमतिका दुवै पक्षले सहमतिबारे गरेको अलग–अलग व्याख्याले अन्योल सिर्जना भएको जनाएको छ । मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई कमजोर पार्ने गरी कसैले पनि कुनै सम्झौता, सहमति गर्ने छुट नपाउने विज्ञप्तिमा उल्लेख छ ।

“सहमतिमा प्रयोग गरिएको जनअभिमतको आशय सिके राउत पक्षले स्वतन्त्र मधेस राष्ट्रको लागि जनमतसङ्ग्रह हो भन्ने धारणा व्यक्त गर्दै आएको छ । सहमतिपश्चात् सिके राउतको जनकपुर भ्रमणमा प्रदर्शन गरिएका ब्यानर, प्लेकार्ड तथा लगाइएका नाराले नेपालको राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई गम्भीर प्रतिकूल प्रभाव पार्ने अवस्था सिर्जना भएको छ”, विज्ञप्तिमा उल्लेख छ ।

सहमतिप्रति दुवै पक्ष इमान्दार रहँदै समान धारणाका साथ कार्यान्वयनमा गम्भीर हुनुपर्नेमा त्यस्तो नदेखिएकाले आशङ्का उत्पन्न भएको प्रमुख सचेतक बालकृष्ण खाँण र राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेद्वारा संयुक्तरूपमा जारी विज्ञप्तिमा जनाइएको छ । काङ्ग्रेसले राष्ट्रिय एकता तथा भौगोलिक अखण्डतामाथि आँच आउन प्रश्रय दिने सहमति तथा क्रियाकलापप्रति घोर आपत्ति प्रकट गरेको छ ।







सम्बन्धित समाचारहरू

मेलबर्नको ला ट्रोव युनिभर्सिटीमा नेपाली नयाँ वर्ष र बुद्ध जयन्ती यसरी मनाइयो !
पेरुका पूर्व राष्ट्रपतिको आत्महत्या प्रकरण, ३ करोड डलर घुसको आरोप लागेको थियो
‘आईलभ यू भन्न मन लाग्यो’ गीतका लेखक दिनेश थपलिया बने प्रमुख निर्वाचन आयुक्त
वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन, श्रद्धाञ्जलीका लागि पार्थिव शरीर निवासमा राखिने
सर्वोच्चको निर्णय पश्चात एक साताभित्रै करिब चालिस अर्ब कर तिर्न एनसेललाई ताकेता
जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिने कामको लागि सर्वोच्चको ग्रिन सिग्नल
राष्ट्रिय खेलकुदमा एनआरएन खेलाडीको पहिलो स्वर्ण, अष्ट्रेलियन नेपाली बज्राचार्यले दिलाए उपाधि
गरिबको विद्यालय समता स्कूलले कसरी राख्यो वल्र्ड रेकर्ड !
error: Content is protected !!