नारी दिवसमा मेलबर्नका दिदीबहिनीले ल्याए सर्टमूभि “अब म बोल्छु”


दिदीबहिनी समाज भिक्टोरियाले घरेलु हिंसाविरोधी सर्टमूभि अब म बोल्छु सार्वजनिक गरेका छन् । शनिबार स्थानीय ग्लेनरोयमा आयोजना गरिएको कार्यक्रममा उक्त सर्टभूमि रिलिज गरिएको हो । जीवन रसाइलीले निर्देशन गरेको चलचित्रमा अष्ट्रेलियामा नेपाली समूदायका महिलाहरुले निरन्तरको हिंसा सहेर पनि कसरी जीवन बिताइरहेका छन् भन्ने देखाइएको छ । यससँगै चेतना अभिबृद्धि गर्दै यस्तो हिंसा सहन नहुने र आफ्नो कुरा सम्बन्धित निकायसम्म राख्ने हिम्मत जुटाउन हिंसा पीडितहरुलाई अपिल पनि गरिएको छ ।
दिदीबहिनी समाज भिक्टोरियाको प्रस्तुति रहेको यो भिडियोको परिकल्पना वर्षा राजभण्डारीले गरेकी हुन् । जसमा कमला चालिसेले उनलाई साथ दिएकी छिन् । कलाकारहरुमा वर्षा राजभण्डारी, ज्ञानेन्द्र उप्रेति, कमला चालिसे, विभूषा राजभण्डारी, अदिहा पन्त, काजल किरण, कान्छी श्रेष्ठ, तुलसा हुमागाईं लगायतको अभिनय छ ।
सर्टभूमिको लोकार्पण गर्नका लागि भिक्टोरियाको माथिल्लो सदनमा मेम्बर अफ पार्लियामेन्ट कौशल्या भागेला, मोरल्याण्ड सिटी काउन्सिलकी मेयर हेलेन डेभिडसन लगायत उपस्थित थिए । उक्त अवसरमा बोल्दै दिदीबहिनी समाजकी अध्यक्ष जमुना पराजुलीले महिला भएकै कारण आफुले कुनै काम गर्न नसक्ने नभन्न आग्रह गर्दै, महिला भएकै कारण यो काम गर्न सक्छु भन्ने धारणा राख्न अनुरोध गरेकी थिइन् । यस्तै कार्यक्रमका अन्य वक्ताहरुले चेतना अभिबृद्धिको माध्यमबाट अघि बढ्नसके नेपाली समूदायमा रहेको विभेदलाई अन्त्य गर्न सघाउ पुग्ने धारणा राखेका थिए । कार्यक्रममा बोल्दै मेम्बर अफ पार्लियामेन्ट कौशल्या भागेलाले अष्ट्रेलियाका राज्यहरुमध्ये भिक्टोरियाको क्याविनेटमा महिला सहभागिता ५० प्रतिशतभन्दा बढी रहेको कारण यो गौरवको विषय भएको धारणा राखेकी थिइन् । कार्यक्रममा कलाकारहरुले गीत, नृत्य मात्र प्रस्तुत गरेका थिएनन् । साहित्यकारहरु पार्वती पहाडी र सुशील चालिसे लगायतले आफ्नो सिर्जना पनि वाचन गरेका थिए ।
उक्त अवसरमा सार्वजनिक गरिएको सर्टभूमि यस्तो छ ।







सम्बन्धित समाचारहरू

को आउला नेपाल वायुसेवा निगमको व्यवस्थापन चलाउन ? ग्लोबल टेन्डरको तयारी
विश्वकप फुटबलको छनोटमा नेपाल र अष्ट्रेलिया भिड्ने, खेल कुन शहरमा होला ?
गुल्मी समाज भिक्टोरियाको अध्यक्षमा गान्धी भट्टराई चयन, सकियो साधारणसभा
सिड्नीमा नेपाली हिन्दु समाज अष्ट्रेलियाको श्रीमद् भागवत सप्ताह सम्पन्न
नेपाली उत्पादनको लागि ऐतिहासिक फड्को, गोल्डस्टार जुत्ताको आधिकारिक शोरुम सिड्नीमा (with Video)
वर्षातको असर, कुलेखानी जलविद्युत आयोजना पूर्ण क्षमतामा सञ्चालन, ड्याम बचाउन नियन्त्रित निकास
मेलबर्नमा मेट्रो रेल दुई कारसँग ठोक्किएर दुर्घटना, यात्रु र ड्राईभर सुरक्षित
विश्वकप क्रिकेटको उपाधि आयोजक बेलायतलाई, न्यूजिल्याण्डसँग बराबरी भएपछि सुपर ओभरमा निर्णय
error: Content is protected !!