विप्लब माओवादीलाई प्रतिबन्ध लगाउने सरकारको तयारी, सबै गतिविधि रोक्ने निर्णय


सरकारले नेकपा विप्लवलाई प्रतिबन्ध लगाउने भएको छ । मन्त्रिपरिषद्को बैठकबाट नेकपा विप्लवका सबै गतिविधिलाई गैरकानूनी ठहर गर्दै उनीहरुलाई पक्राउ गर्नका लागि आदेश जारी गर्न लागिएको हो । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूहलाई आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाउन लागेको हो ।  

नेकपाको विप्लव समूहले एनसेलले धेरै नाफा गरेको र कर नतिरेको पत्ता पाएपछि डेढ अर्ब रुपैयाँ चन्दा मागेका थिए । डेढ अर्ब चन्दा मिलेको अवस्थामा उनीहरुको शक्ति कतिधेरै बढ्न सक्थ्यो भन्ने आंकलनका साथ यस किसिमका गतिविधिलाई स्वीकार नगरिने सरकारले तयारी गरेको हो । यसपछि वैदेशिक रोजगारी संघका अध्यक्षको घरमा पड्काएको बमले पनि उनीहरु परिवर्तन र क्रान्ति भन्दा पनि पैसा प्राप्त हुने ठाउँमा आक्रमण गर्ने र धम्काउने काममा लागेको ठहर सरकारको छ । विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर छ । दाता र विदेशी लगानीकर्ताहरुको दबाबका कारण सरकारले विप्लवका गतिविधिलाई अवैध ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको हो । नेपालमा लगानी ल्याउनका लागि सम्मेलन गर्ने तयारीमा रहेको सरकारलाई असफल बनाउन एनसेल लगायतका ठाउँहरुमा हिंसात्मक घटना गराई नेपाललाई सधैं अस्थीर बनाउने कुनै तत्वहरुको खेलमा विप्लव सामेल बनेको सरकारी टोलीको ठहर छ । गृहमन्त्री रामबहादुर थापाले लगेको प्रस्तावमा छलफलपछि सहमति जुटेको हो । सरकारले विदेशी लगानी ल्याउन सके मात्र देशको विकासले फड्को मार्ने ठहर गरिरहेको बेला विदेशी लगानीकर्ताहरुलाई नै तर्साउने नियतका साथ विप्लवका गतिविधि भएको पनि बैठकमा कुरा उठेको थियो ।







सम्बन्धित समाचारहरू

मेलबर्नको ला ट्रोव युनिभर्सिटीमा नेपाली नयाँ वर्ष र बुद्ध जयन्ती यसरी मनाइयो !
पेरुका पूर्व राष्ट्रपतिको आत्महत्या प्रकरण, ३ करोड डलर घुसको आरोप लागेको थियो
‘आईलभ यू भन्न मन लाग्यो’ गीतका लेखक दिनेश थपलिया बने प्रमुख निर्वाचन आयुक्त
वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन, श्रद्धाञ्जलीका लागि पार्थिव शरीर निवासमा राखिने
सर्वोच्चको निर्णय पश्चात एक साताभित्रै करिब चालिस अर्ब कर तिर्न एनसेललाई ताकेता
जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिने कामको लागि सर्वोच्चको ग्रिन सिग्नल
राष्ट्रिय खेलकुदमा एनआरएन खेलाडीको पहिलो स्वर्ण, अष्ट्रेलियन नेपाली बज्राचार्यले दिलाए उपाधि
गरिबको विद्यालय समता स्कूलले कसरी राख्यो वल्र्ड रेकर्ड !
error: Content is protected !!