सिड्नी र मेलबर्नमा ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरुको सम्झना


बहालवाला पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको ज्यान जानेगरी ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनाका मृतकहरुको अष्ट्रेलियामा सम्झना गरिएको छ । रविन्द्र अधिकारी, सोही साता निधन भएका पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीसहित, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नागरिक उड्डयन प्राधिकरणकै उपनिर्देशक ध्रुव भोछिभोय, प्रधानमन्त्रीको कार्यालयका उपसचिव युवराज दाहाल, यति एयरलाईन्सका अध्यक्ष एवं पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाली सेनाका अर्जुनकुमार घिमिरे र एयर डाईनेष्टिका पाईलट प्रभाकर केसी प्रति श्रद्धाञ्जली अर्पण गर्दै कार्यक्रम गरिएको हो । प्रवासी नेपाली मञ्च अष्ट्रेलिया र नेपाली जनप्रगतिशील् मञ्च अष्ट्रेलियाको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा स्व. रविन्द्र अधिकारीले नेपालको पर्यटन विकासमा पुर्याएको योगदानको चर्चा गरिएको थियो । यस्तै नेपालमा बृद्धभत्ताको अवधारणा ल्याउने अर्थमन्त्रीका रुपमा भरतमोहन अधिकारीको सम्झना गरियो । पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको मेहनतका साथै अन्य सरकारी कर्मचारीहरुलाई समेत पुष्पगुच्छा अर्पण गरेर श्रद्धाञ्जली दिइएको थियो । कार्यक्रम ९ तारिख सिड्नीमा आयोजना गरिएको थियो भने १० तारिख मेलबर्नमा आयोजना गरिएको थियो । यस्तै १० तारिख नै एडिलेडमा पनि श्रद्धाञ्जली कार्यक्रम भयो ।

सिड्नीमा श्रद्धाञ्जली

सिड्नीमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा न्यूसाउथवेल्सका लागि नेपाली अवैतनिक महावाणिज्यदूत दिपक खड्का सहभागी बनेका थिए । उनले स्व। अधिकारीको निधनले नेपाली पर्यटन क्षेत्रमा मात्र नभई युवाहरुको सपनामा समेत तुषारापात भएको धारणा राखे । यस्तै नेपाली जनप्रगतिशील् मञ्चका प्रमुख सल्लाहकार शेषमणि शर्मा, न्यूसाउथवेल्सका पर्यटनदूत बद्री अर्याल, एनआरएन ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारी, ग्रानभिल नेपाली समाजका अध्यक्ष रमेश थापा, एनआरएनका पूर्वअध्यक्ष ध्रुव सुवेदी, हरिलाल लामिछाने लगायतले दिवंगत आत्माको चीर शान्तिको कामना गरेका थिए । कार्यक्रम प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डेको सभापतित्वमा सम्पन्न भएको थियो ।

मेलबर्नमा मैनबत्ति बालेर श्रद्धाञ्जली

मेलबर्नको श्रद्धाञ्जली कार्यक्रमको संयोजन पनि नेकपाका प्रवासी संगठनहर प्रवासी नेपाली मञ्च भिक्टोरिया र नेपाली जनप्रगतिशील् मञ्च भिक्टोरियाले संयुक्त रुपमा गरेका थिए । उपस्थित सबैले पुष्पगुच्छा चढाउनुका साथै दिवंगतहरुको सम्झनामा मैनबत्ति बालेका थिए । कार्यक्रममा अतिथिको रुपमा समाजसेवी एवं एनआरएन अभियन्ता भवानी ओली आइपुगेका थिए भने एनआरएन अध्यक्ष टोनु घोताने, क्रेगीबर्न नेपाली समाजका अध्यक्ष माधव पौडेल, जनसम्पर्क समिति अष्ट्रेलियाका प्रतिनिधि, वीपी चिन्तन प्रतिष्ठा अष्ट्रेलियाका अध्यक्ष दुर्गा आचार्य एनआरएन अष्ट्रेलियाका सदस्य निराजन गौली, जनप्रगतिशील् मञ्च अष्ट्रेलियाका अध्यक्ष माण्डव कार्कीलगायत उपस्थित थिए । कार्यक्रमको सञ्चालन दिक्पालदेव पंगेनीले गरेका थिए ।







सम्बन्धित समाचारहरू

मेलबर्नको ला ट्रोव युनिभर्सिटीमा नेपाली नयाँ वर्ष र बुद्ध जयन्ती यसरी मनाइयो !
पेरुका पूर्व राष्ट्रपतिको आत्महत्या प्रकरण, ३ करोड डलर घुसको आरोप लागेको थियो
‘आईलभ यू भन्न मन लाग्यो’ गीतका लेखक दिनेश थपलिया बने प्रमुख निर्वाचन आयुक्त
वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन, श्रद्धाञ्जलीका लागि पार्थिव शरीर निवासमा राखिने
सर्वोच्चको निर्णय पश्चात एक साताभित्रै करिब चालिस अर्ब कर तिर्न एनसेललाई ताकेता
जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिने कामको लागि सर्वोच्चको ग्रिन सिग्नल
राष्ट्रिय खेलकुदमा एनआरएन खेलाडीको पहिलो स्वर्ण, अष्ट्रेलियन नेपाली बज्राचार्यले दिलाए उपाधि
गरिबको विद्यालय समता स्कूलले कसरी राख्यो वल्र्ड रेकर्ड !
error: Content is protected !!