एनआरएनले सिडनी र क्यानबेराका अभिभावकहरुको लागि संयुक्त बनभोज कार्यक्रम गर्दै


गैरआवासिय नेपाली संघ एनआरएनए अस्ट्रेलियाको आयोजनामा यस वर्ष पनि अभिभावकहरुको साथ बनभोज कार्यक्रम हुने भएको छ । सिडनीबाट झण्डै ३ घण्टाको यात्रामा रहेको गल्बर्न नेशनल पार्कमा ३० मार्चका दिन कार्यक्रम हुन लागेको हो । गैर आवासिय नेपाली संघ अस्ट्रेलिया न्यू साउथ वेल्स राज्य समितिको आयोजनामा हुन लागेको कार्यक्रमले नेपालबाट यहाँ आएर बसोबास गरिरहनुभएका अभिभावकहरुलाई आपसमा भेटघाट र चिनजान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । 

एनआरएनका उपाध्यक्ष एवं आयोजक समितिका संयोजक नन्द गुरुङका अनुसार अभिभावकहरुलाई बिभिन्न ११ स्थानबाट विहान पिक अप र साँझ ६ बजे ड्रप गर्ने ब्यवस्था मिलाइएको छ । साथै, क्यानबेराबाट आउने अभिभाबकहरुको बनभोज समूहसंग पनि भेटघाटको प्रबन्ध मिलाइएको उहाँले बताउनुभयो ।

नेपालबाट अस्ट्रेलियामा आफ्ना आफन्तहरुसंग भेटघाटको क्रममा आउनु भएका अभिभाबकहरुको सम्मान स्वरूप पिकनिक कार्यक्रम हुने गरेको छ । बिभिन्न मनोरंजनात्मक कार्यक्रमको साथ आयोजना हुने कार्यक्रमको प्रबेश शुल्क ३० अस्ट्रेलियन डलर राखिएको छ । कार्यक्रममा अस्ट्रेलियन नेपलिज मेडिकल तथा डेन्टल एशोशिएसनको सहयोगमा निशुल्क स्वास्थ्य परीक्षणको पनि ब्यवस्था पनि गरिएको छ ।

कार्यक्रममा सहभागी हुन चाहनेहरुले मार्च १६ सम्म नाम रजिष्टर गर्न आयोजकले अनुरोध गरेको छ ।

for booking foloow link :

https://nrn.org.au/…/…/picnic2019/uu6io5hnkmouukf9ukleq191k5







सम्बन्धित समाचारहरू

को आउला नेपाल वायुसेवा निगमको व्यवस्थापन चलाउन ? ग्लोबल टेन्डरको तयारी
विश्वकप फुटबलको छनोटमा नेपाल र अष्ट्रेलिया भिड्ने, खेल कुन शहरमा होला ?
गुल्मी समाज भिक्टोरियाको अध्यक्षमा गान्धी भट्टराई चयन, सकियो साधारणसभा
सिड्नीमा नेपाली हिन्दु समाज अष्ट्रेलियाको श्रीमद् भागवत सप्ताह सम्पन्न
नेपाली उत्पादनको लागि ऐतिहासिक फड्को, गोल्डस्टार जुत्ताको आधिकारिक शोरुम सिड्नीमा (with Video)
वर्षातको असर, कुलेखानी जलविद्युत आयोजना पूर्ण क्षमतामा सञ्चालन, ड्याम बचाउन नियन्त्रित निकास
मेलबर्नमा मेट्रो रेल दुई कारसँग ठोक्किएर दुर्घटना, यात्रु र ड्राईभर सुरक्षित
विश्वकप क्रिकेटको उपाधि आयोजक बेलायतलाई, न्यूजिल्याण्डसँग बराबरी भएपछि सुपर ओभरमा निर्णय
error: Content is protected !!