वसन्तपुरमा चिर ठडाएपछि फागु पर्व खुल्यो, एक सातासम्म चल्ने


काठमाडौँ उपत्यकामा महत्वपूर्ण पर्वका रुपमा लिइएको फागु पर्व वसन्तपुरमा चिर ठडाएपछि बिहीबारबाट शुरु भएको छ ।

प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन शुभ साइत हेरी विधिवत्रुपमा मयलको रूखलाई रङ्गीबिरङ्गी ध्वजा पताकाले सजाएर ‘चिर’ उठाएपछि फागु पर्व शुरुआत भएको मानिन्छ । 

फागु शुक्ल अष्टमीका दिन शुरु हुने उक्त पर्व फागु पूर्णिमासम्म मनाइन्छ । पूर्णिमाको राति चिर ढालेर त्यसलाई टुँडिखेल पु¥याएर दहन गरिन्छ । असत्य शक्तिमाथि सत्यको विजयको सन्देश दिनका लागि फागु पर्वबारे विभिन्न किंवदन्ती पाइन्छ । किंवदन्ती अनुसार हिरण्यकश्यपुका पुत्र प्रल्हाद विष्णुको भक्त थिए । उनी सत्यको पक्षमा रहेका कारण असत्य शक्तिलाई अवरोध पुगेपछि कहिलै पनि आगोमा नजल्ने फुपू होलिकाले प्रल्हादलाई लिएर आगोमा हाम फाल्दा होलिका दहन भई प्रल्हादलाई केही नभएको कथा पाइन्छ । फागु पूर्णिमाको भोलिपल्ट तराई क्षेत्रमा होली मनाइन्छ ।







सम्बन्धित समाचारहरू

को आउला नेपाल वायुसेवा निगमको व्यवस्थापन चलाउन ? ग्लोबल टेन्डरको तयारी
विश्वकप फुटबलको छनोटमा नेपाल र अष्ट्रेलिया भिड्ने, खेल कुन शहरमा होला ?
गुल्मी समाज भिक्टोरियाको अध्यक्षमा गान्धी भट्टराई चयन, सकियो साधारणसभा
सिड्नीमा नेपाली हिन्दु समाज अष्ट्रेलियाको श्रीमद् भागवत सप्ताह सम्पन्न
नेपाली उत्पादनको लागि ऐतिहासिक फड्को, गोल्डस्टार जुत्ताको आधिकारिक शोरुम सिड्नीमा (with Video)
वर्षातको असर, कुलेखानी जलविद्युत आयोजना पूर्ण क्षमतामा सञ्चालन, ड्याम बचाउन नियन्त्रित निकास
मेलबर्नमा मेट्रो रेल दुई कारसँग ठोक्किएर दुर्घटना, यात्रु र ड्राईभर सुरक्षित
विश्वकप क्रिकेटको उपाधि आयोजक बेलायतलाई, न्यूजिल्याण्डसँग बराबरी भएपछि सुपर ओभरमा निर्णय
error: Content is protected !!