गरिबको विद्यालय समता स्कूलले कसरी राख्यो वल्र्ड रेकर्ड !


 

नेपालको समता स्कूलले विश्वकै सबैभन्दा सस्तो शिक्षण संस्थाको सूचिमा आफुलाई दर्ता गराउँदै यसलाई विश्व रेकर्डका रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डसमा समेत नाम लेखाउन सफल भएको छ । गत मार्च १० तारिखका दिन उक्त विद्यालयले माष्टर्स डिग्री पढाईको सुरुवात गरेको थियो । यो पढाईको सुरुवातसँगै समतामा किन्डरगार्डेनदेखि माष्टर्स लेभलसम्मको पढाई हरेक महिना एक डलर शुल्कमा पढ्न पाइने भएको छ । यही उपलब्धीलाई गिनिज बुक अफ वल्र्ड रेकर्डसले मान्यता दिएको हो ।

समता स्कूलले आफ्नो दावी प्रस्तुत गर्दै वल्र्ड रेकर्डका लागि निवेदन दिएपछि आईतबार मात्रै यसको स्वीकृति आएको थियो । यसपछि सोमबार आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले समता स्कूल काठमाडौंलाई वल्र्ड बुक अफ रेकर्डस् हस्तान्तरण गरेका छन् । 

सोमबार बिहान बालुवटारमा आयोजित कार्यक्रममा वल्र्डबुक अफ रेकर्डस लण्डनले जारी गरेको प्रमाण पत्र प्रधानमन्त्री ओलीले समता फाउण्डेसनका अध्यक्ष उत्तम सञ्जेललाई हस्तान्तरण गरेका हुन् ।

प्रमाणपत्र हस्तान्तरणपछि प्रधानमन्त्री ओलीले १ सय रुपैयाँमा विद्यार्थी पढाएर समताले गरिबका छोराछोरीलाई समताले गुन लगाएको बताए ।

‘राज्यले लिनु पर्ने दायित्व तपाईंहरुले लिनु भएको छ । यसमा म समता टिमलाई धन्यवाद दिन चाहन्छु’ प्रधानमन्त्री ओलीले भने, ‘अंग्रेजी माध्यममा राम्रो शिक्षा लिन्छु भन्नेहरुका लागि पैसाका कारणले पढ्न नपाउने अवस्था अब रहेन ।’
प्रधानमन्त्री ओलीले समता स्कूलका कारण नेपाललाई विश्वले पनि पहिचान गरेको बताए ।

‘सस्तो र गुणस्तरीय शिक्षाका लागि नेपालमा अवसर छ भन्ने कुराको जानकारी विश्वले पाएको छ’ प्रधानमन्त्री ओलीले भने ‘यसका लागि तपाईंहरुलाई बधाइ छ ।’

प्रधानमन्त्री ओलीले यस वर्ष देखि विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर नुहने स्पष्ट पारे ।

नेपालको साक्षरता अभियानमा समताको महत्वपूर्ण योगदान रहेको प्रधानमन्त्री ओलीले बताए । कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समेत सहभागि थिए ।







सम्बन्धित समाचारहरू

को आउला नेपाल वायुसेवा निगमको व्यवस्थापन चलाउन ? ग्लोबल टेन्डरको तयारी
विश्वकप फुटबलको छनोटमा नेपाल र अष्ट्रेलिया भिड्ने, खेल कुन शहरमा होला ?
गुल्मी समाज भिक्टोरियाको अध्यक्षमा गान्धी भट्टराई चयन, सकियो साधारणसभा
सिड्नीमा नेपाली हिन्दु समाज अष्ट्रेलियाको श्रीमद् भागवत सप्ताह सम्पन्न
नेपाली उत्पादनको लागि ऐतिहासिक फड्को, गोल्डस्टार जुत्ताको आधिकारिक शोरुम सिड्नीमा (with Video)
वर्षातको असर, कुलेखानी जलविद्युत आयोजना पूर्ण क्षमतामा सञ्चालन, ड्याम बचाउन नियन्त्रित निकास
मेलबर्नमा मेट्रो रेल दुई कारसँग ठोक्किएर दुर्घटना, यात्रु र ड्राईभर सुरक्षित
विश्वकप क्रिकेटको उपाधि आयोजक बेलायतलाई, न्यूजिल्याण्डसँग बराबरी भएपछि सुपर ओभरमा निर्णय
error: Content is protected !!