राष्ट्रिय खेलकुदमा एनआरएन खेलाडीको पहिलो स्वर्ण, अष्ट्रेलियन नेपाली बज्राचार्यले दिलाए उपाधि


नेपालमा भइरहेको आठौँ राष्ट्रिय खेलकुदमा एनआरएनएले पहिलो स्वर्ण जितेको छ। पहिलो पटक राष्ट्रिय खेलकदुमा सहभागिता जनाएको एनआरएनएका लागि लनटेनिसमा संरक्षकभुषण बज्राचार्यले पुरुष एकलमा स्वर्ण जितेका हुन्।

यस्तै छैटौँ दिन आर्मीले विभिन्न खेलमा वर्चस्व राख्यो। आर्मीले जुडो र बक्सिङमा छैटौँ दिन स्वर्ण थप्यो। यस्तै लनटेनिसमा संरक्षणले जितेको बाहेक बाँकी स्पर्धामा एपीएफले स्वर्ण जित्तै टिम च्याम्पियन बन्यो। 

एपीएफले महिला एकल, महिला युगल, पुरुष युगल, मिक्स युगल र पुरुष टिम इभेन्ट्समा स्वर्ण जितेको हो। गैरआवसिय नेपाली संघ (एनआरएनए) ले पहिलो स्वर्ण जितेको छ। आठौँ आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस प्रतियोगितामा एनआरएनए (अस्ट्रेलिया) का संरक्षकभूषण बज्राचार्यले टोलीलाई सोमबार पहिलो स्वर्ण दिलाएका छन्।

बुटवलमा भएको पुरुष सिंगल्स फाइनलमा संरक्षकले आर्मीका प्रणव खनाललाई ६–१, ६–२ को सोझो सेटमा पराजित गरे। गण्डकीका प्रदीप खड्का र एपीएफका सन्तोष खत्री तेश्रो भए।

महिला सिंगल्सको उपाधि एपीएफकी प्रेरणा कोइरालाले जितिन्। फाइनलमा प्रेरणाले नेपाल आर्मीकी अभिलाषा विष्टलाई ६–०, ६–२ को सेटमा सहजै हराइन्। आर्मीकी इरा रावत र प्रदेश ३ की रायना शाह संयुक्त रुपमा तेश्रो भए।







सम्बन्धित समाचारहरू

त्रिशूलीमा बस खस्दा पाँचको मृत्यु, २९ घाइते
अष्ट्रेलियाको निर्वाचन : लिबरल सत्ता जोगाउन सफल, लेबर नेता बिल सोर्टनले दिए राजीनामा
हाकिमको पैसा चोरेर क्यासिनोमा, चार घण्टामा १ लाख ४० हजार डलर स्वाहा !
टुरिष्ट भिसामा अष्ट्रेलिया आएर काम गर्न खोज्ने ८ जना विमानस्थलबाटै पक्राउ, देशनिकाला
नेपाली सामुदायिक केन्द्र बनाउन १० लाख डलर दिने लेबर पार्टीको घोषणा
एनआरएन भवन बनेको जग्गा सरकारी नै हो : कानूनमन्त्री ढकाल (भिडियोसहित)
उपप्रधानमन्त्रीको अन्तर्वार्ता काण्ड, प्रेस काउन्सिलले सोध्यो एभिन्यूजलाई स्पष्टीकरण
प्रधानमन्त्री पुगे क्याम्बोडियाको पाँच टन चाँदीले ढाकिएको सिल्भर पेगोडामा
error: Content is protected !!