वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन, श्रद्धाञ्जलीका लागि पार्थिव शरीर निवासमा राखिने


वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन भएको छ । पत्रकार श्रेष्ठ नेपाल समाचारपत्रको सम्पादक प्रकाशक थिए । उनको उपचारको क्रममा राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा आज निधन भएको हो । उनको आजै दिउँसो पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने तयारी गरिएको छ । विगत ५ महिनाअघि देखि विभिन्न समस्या देखिएकोले उनको उपचार हुँदै आएको थियो । भारतको मेदान्त अस्पतालमा दुई महिना उपचार गराएर फर्किएका उनले नर्भिक अस्पतालमा फिजोयोथेरापी लगायतका विधिबाट उपचार गर्न गरिँदै आएको थियो । उनको शवलाई श्रद्धाञ्जली अर्पणका लागि केही समय उनको न्यूरोडमा रहेको घरमा राखिने पारिवारिक श्रोतले जानकारी दियो । पत्रकार श्रेष्ठले कलम नामक पुस्तक लेखेका छन् । उनी कामना प्रकाशन समूहका अध्यक्ष पनि हुन् । उनकै अग्रसरतामा नेपाली चलचित्र पत्रिका कामना निस्किएको थियो भने नेपाल समाचारपत्र, महानगर लगायतका पत्रिकाहरु सञ्चालित छन् ।







सम्बन्धित समाचारहरू

को आउला नेपाल वायुसेवा निगमको व्यवस्थापन चलाउन ? ग्लोबल टेन्डरको तयारी
विश्वकप फुटबलको छनोटमा नेपाल र अष्ट्रेलिया भिड्ने, खेल कुन शहरमा होला ?
गुल्मी समाज भिक्टोरियाको अध्यक्षमा गान्धी भट्टराई चयन, सकियो साधारणसभा
सिड्नीमा नेपाली हिन्दु समाज अष्ट्रेलियाको श्रीमद् भागवत सप्ताह सम्पन्न
नेपाली उत्पादनको लागि ऐतिहासिक फड्को, गोल्डस्टार जुत्ताको आधिकारिक शोरुम सिड्नीमा (with Video)
वर्षातको असर, कुलेखानी जलविद्युत आयोजना पूर्ण क्षमतामा सञ्चालन, ड्याम बचाउन नियन्त्रित निकास
मेलबर्नमा मेट्रो रेल दुई कारसँग ठोक्किएर दुर्घटना, यात्रु र ड्राईभर सुरक्षित
विश्वकप क्रिकेटको उपाधि आयोजक बेलायतलाई, न्यूजिल्याण्डसँग बराबरी भएपछि सुपर ओभरमा निर्णय
error: Content is protected !!