‘आईलभ यू भन्न मन लाग्यो’ गीतका लेखक दिनेश थपलिया बने प्रमुख निर्वाचन आयुक्त


धेरैलाई थाहा नहुन सक्छ । प्रमुख निर्वाचन आयुक्तमा सर्वसम्मतिले सिफारिश गरिएका दिनेश थपलिया गीतकार पनि हुन् । उनी सरकारी सेवामा जुन तहमा पुगेका छन् त्यसभन्दा कम छैन उनको सांगीतिक करिअर । पछिल्लो समय रिलिज गरिएको अनि ईन्दिरा जोशी र सरोज ओलीले गाएको आई लभ यू भन्न मन लाग्यो बोलको गीत दुई करोड पचास लाखभन्दा बढी पढक हेरिसकिएको छ । यो गीत युट्युमा यति चर्चित छ भने उनका अन्य गीत पनि कम छैनन् । तीन वटाभन्दा बढी एल्बम नै निकालिसकेका लेखक दिनेश थपलियाले लेखेको माछीले खाने खोलीको लेउ बोलको गीतमा सरोज ओली र मेलिना कार्कीको स्वर सुन्न सकिन्छ । यो गीतले तीन करोड ६० लाख भन्दा बढी भ्यू बटुलेको छ । यिनै चर्चित गीतकार थपलियाले बुधबार प्रमुख निर्वाचन आयुक्तमा सिफारिस हुने बित्तिकै भने अबको तीन महिनाभित्र उपचुनाव ।

संसदीय सुनुवाई विशेष समितिमा उपस्थित थपलियाले आफू नियुक्त भएमा उपचुनाव प्राथमिकतामा पर्ने बताएका हुन् ।
समितिमा थपलियाले स्थानीय तहसम्म निर्वाचन आयोगलाई पु¥याउने कार्ययोजना समेत पेश गरेका थिए ।

उनले निर्वाचन कम खर्चिलो बनाउने, सूचना प्रविधिमैत्री बनाउने, विद्युतीय मतदानको व्यवस्था मिलाउने लगायतको प्रतिवद्धता पनि जनाए ।यसअघि समितिले थपलियाविरुद्ध उजुरी दिनेहरुलाई बिहान ११ बजे छलफलका लागि बोलाएको थियो ।







सम्बन्धित समाचारहरू

त्रिशूलीमा बस खस्दा पाँचको मृत्यु, २९ घाइते
अष्ट्रेलियाको निर्वाचन : लिबरल सत्ता जोगाउन सफल, लेबर नेता बिल सोर्टनले दिए राजीनामा
हाकिमको पैसा चोरेर क्यासिनोमा, चार घण्टामा १ लाख ४० हजार डलर स्वाहा !
टुरिष्ट भिसामा अष्ट्रेलिया आएर काम गर्न खोज्ने ८ जना विमानस्थलबाटै पक्राउ, देशनिकाला
नेपाली सामुदायिक केन्द्र बनाउन १० लाख डलर दिने लेबर पार्टीको घोषणा
एनआरएन भवन बनेको जग्गा सरकारी नै हो : कानूनमन्त्री ढकाल (भिडियोसहित)
उपप्रधानमन्त्रीको अन्तर्वार्ता काण्ड, प्रेस काउन्सिलले सोध्यो एभिन्यूजलाई स्पष्टीकरण
प्रधानमन्त्री पुगे क्याम्बोडियाको पाँच टन चाँदीले ढाकिएको सिल्भर पेगोडामा
error: Content is protected !!