पेरुका पूर्व राष्ट्रपतिको आत्महत्या प्रकरण, ३ करोड डलर घुसको आरोप लागेको थियो


भ्रष्टाचारको आरोप लागेका दक्षिण अमेरिकी मुलुक पेरुका पूर्व राष्ट्रपति एलान गार्सियाले आफैलाई गोली हानेका छन्। भ्रष्टाचारको आरोपमा पक्राउ गर्न प्रहरी घरमा आइपुग्नु अघि उनले आफ्नो गर्धन गोली हानेका थिए। गार्सियाले ब्राजिलियाली निर्माण कम्पनीबाट गैरकानुनी रुपमा रकम लिएको आरोप छ।
गार्सियाका वकिलले गोली लागेर पूर्व राष्ट्रपति गम्भीर घाइते रहेको बताएका छन्। उनलाई राजधानी लिमाको एक अस्पतालमा भर्ना गरिएको छ। 

गार्सिया पेरुमा दुई पटक राष्ट्रपति भएका थिए। सन् १९८५ देखि सन् १९९० सम्म पहिलो पटक राष्ट्रपति भएका उनी सन् २००६ देखि २०११ दोस्रो पटक राष्ट्रपति भए।

दोस्रो पटक राष्ट्रपति हुँदा उनले सो ब्राजिलियाली कम्पनीबाट घुस लिएको अनुसन्धानमा देखिएको छ। ब्राजिलियाली कम्पनी ओबेद्रेचले सन् २०१६ मा आफूले ल्याटिन अमेरिकी देशमा ठूलो पूर्वाधार निर्माणका ठेक्का लिँदा ८० करोड अमेरिकी डलर घुस खाएको स्वीकार गरेको थियो।
त्यसलाई ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो घुस काण्डको रुपमा लिने गरिएको छ। सो कम्पनीले पेरुका राजनीतिज्ञहरुलाई ३ करोड अमेरिकी डलर घुस दिएको जनाएको छ।







सम्बन्धित समाचारहरू

त्रिशूलीमा बस खस्दा पाँचको मृत्यु, २९ घाइते
अष्ट्रेलियाको निर्वाचन : लिबरल सत्ता जोगाउन सफल, लेबर नेता बिल सोर्टनले दिए राजीनामा
हाकिमको पैसा चोरेर क्यासिनोमा, चार घण्टामा १ लाख ४० हजार डलर स्वाहा !
टुरिष्ट भिसामा अष्ट्रेलिया आएर काम गर्न खोज्ने ८ जना विमानस्थलबाटै पक्राउ, देशनिकाला
नेपाली सामुदायिक केन्द्र बनाउन १० लाख डलर दिने लेबर पार्टीको घोषणा
एनआरएन भवन बनेको जग्गा सरकारी नै हो : कानूनमन्त्री ढकाल (भिडियोसहित)
उपप्रधानमन्त्रीको अन्तर्वार्ता काण्ड, प्रेस काउन्सिलले सोध्यो एभिन्यूजलाई स्पष्टीकरण
प्रधानमन्त्री पुगे क्याम्बोडियाको पाँच टन चाँदीले ढाकिएको सिल्भर पेगोडामा
error: Content is protected !!