मेलबर्नको ला ट्रोव युनिभर्सिटीमा नेपाली नयाँ वर्ष र बुद्ध जयन्ती यसरी मनाइयो !


अष्ट्रेलियाको मेलबर्नमा रहेको चर्चित लाट्रोव युनिभर्सिटीमा अध्ययन गर्ने नेपाली विद्यार्थीको सक्रियता र श्रीलंका, भारत र बंगलादेशका विद्यार्थीहरुको सहकार्यमा नयाँ वर्ष २०७६ र बुद्ध जयन्ती मनाइएको छ । एकै समयमा परेको बंगालीहरुको बोइशाख, सिंहाला र तामिल नयाँ वर्ष पनि एकसाथ मनाइएको हो ।
गएको १५ अप्रिलको दिन लाट्रोव युनिभर्सिटीमा गरिएको कार्यक्रममा चारवटै देशका प्रतिनिधिमूलक नृत्य, गीत संगीत प्रस्तुत गरिएको थियो । एक हजारभन्दा बढीको सहभागितामा सम्पन्न कार्यक्रम उत्सव जस्तै बनेको थियो । नेपाली विद्यार्थीहरुको संगठन नेप्साका अध्यक्ष प्रमोद सुवेदीका अनुसार यी चार देशका विद्यार्थीका साथै अन्य देशका विद्यार्थी, स्थानीय बासिन्दाहरु पनि निकै अभिरुचिका साथ कार्यक्रममा सहभागी बनेका थिए । नेप्साले विभिन्न समयमा यस्तो सांस्कृतिक कार्यक्रमहरु विश्वविद्यालयमा गर्दै आएको छ । अध्यक्ष सुवेदीले एमएनटीभीसँग भने, “यस पटक हामी एक कदम अघि बढेर चार देशसँगको सहकार्य गरेर गयौं । यो कार्यक्रमले दक्षिण एशियाली छिमेकी देशका विद्यार्थीहरुबीचको भ्रातृत्व, सहकार्यलाई निकै टेवा दिएको छ । हामी एक अर्कासँग नजिक छौं भन्ने सन्देश पनि दिएको छ । यसले आफुमा भएको प्रतिभा प्रस्फुटनको साथै परदेशमा पनि आफ्नै सामाजिक परिवेशको झल्को मिल्न सकेकोमा औधि खुशी लागेको छ ।”


कार्यक्रममा नेपालको तर्फबाट दिक्षा ढकाल र आरजु थापाको नृत्य, आकृति गिरी र अंकीत गिरीको संगीत प्रस्तुत गरेका थिए भने शाश्वत अर्यालले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा सहभागी चारै देशको मौलिक खाना समेत निःशुल्क उपलब्ध गराइएको थियो । यसैबीच, कार्यक्रमको सफल आयोजना तथा कुशल सहकार्यको उच्च मूल्यांकन गर्दै लाट्रोव युनिभर्सिटीका अन्तर्राष्ट्रिय विद्यार्थी युनियनका अध्यक्ष अबुद सिहाडाले आयोजक टिमलाई बधाई दिएका छन् ।







सम्बन्धित समाचारहरू

नेपाली सेनाले भोलि चीनबाट २८ टन स्वास्थ्य सामग्री ल्याउँदै
कोरोनाका कारण लाउन्ड्रीमा काम गर्ने सिड्नीका सयजनाभन्दा बढी नेपालीले काम गुमाए !
संविधान संशोधनको विषयमा काँग्रेसले माग्यो छलफलका लागि थप समय
गौरीफन्टा नाकाबाट एकैदिन ५०१३ नेपाली भित्रिए : आधा क्वारेन्टाइनमा, आधा गाउँघरमा
चीनको राष्ट्रिय मिडियाले अष्ट्रेलियालाई अमेरिकाको पिछलग्गु भनेपछि बबाल !
नेपालमा थप ७ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ६८२,मृत्यु हुनेको संख्या ४ पुग्यो
वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भइ अन्त्येष्टि गरिसकेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि
थप ७२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६७५ पुग्यो
error: Content is protected !!