अध्यारो रातमा, मोटरसाईकलमा आएकाहरुको युवतीमाथि सिरिन्ज आक्रमण, अनुसन्धान हुँदै


पछिल्लो डेढ महिनामा काठमाडौंको डल्लु क्षेत्रमा चार युवतीमाथि ‘सिरिन्ज’ आक्रमण भएको छ । एउटा घटना डेढ महिनाअघि भए पनि पछिल्ला केही दिनमा उस्तै प्रकृतिका तीन घटना दोहोरिएका छन् । सिरिन्ज आक्रमणमा परेका चार युवती उपचारका लागि आएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा। अनुप बाँस्तोलाले बताए । उनीहरू सबैको कम्मरमा काँटीले कोपेजस्तो प्वाल रहेको र असैह्य पीडा भएपछि आएको उनले बताए ।

‘गुडिरहेको मोटरसाइकलबाटै सिरिन्ज आक्रमण भएको पीडितहरू बताउँछन् । सबैको कम्मरकै भागमा प्वाल छ, छालाभित्रसम्म रगत आउने गरी घाउ भएको छ,’ डा। बाँस्तोलाले भने, ‘रातिको समयमा घरबाहिर आक्रमणमा परेको उनीहरू बताउँछन् । घटनाबारे चारै युवतीको भनाइ एकै खालको छ,’ डा। बाँस्तोलाले भने । एचआइभी तथा हेपाटाइटिस बी र सी संक्रमित सिरिन्ज प्रहार गरिएको हुन सक्ने चिकित्सकहरूको आशंका छ । एचआइभी, हेपाटाइटिस ‘बी’ र ‘सी’जस्ता रोग सिरिन्जको माध्यमबाट अर्कोमा सर्न सक्छ । तर, उनीहरूमा यी रोग संक्रमण भए–नभएको रिपोर्ट आउन कम्तीमा तीन महिना लाग्ने डा। बाँस्तोलाले बताए । हाल चारै युवतीको स्वास्थ्य सामान्य छ । उनीहरू २० देखि ३० वर्ष उमेरका छन् ।
प्रहरीले थाल्यो अनुसन्धान
प्रहरी अनुसन्धानमा युवतीहरूलाई सिरिन्ज वा अन्य धातुले प्रहार भएको हो भन्ने अझै यकिन भएको छैन । ‘पीडितको उजुरीअनुसार अनुसन्धान भइरहेको छ,’ महानगरीय प्रहरी कार्यालयकी प्रवक्ता एसएसपी किरण बज्राचार्य भन्छिन्, ‘सिसिटिभीको समेत सहायतामा अभियुक्तहरूको पहिचान गर्ने काम भइरहेको छ ।’







सम्बन्धित समाचारहरू

अष्ट्रेलियाको एडिलेडमा भव्य बन्यो माघे सक्रान्ती
चौबन्दी गायिका राउतलाई पक्राउ गर्न प्रहरीलाई अनुमति, अभद्र व्यवहारमा मुद्दा चल्ने !
सञ्चारकर्मी रवि लामिछाने निर्दोष भएको जिल्ला अदालत चितवनको ठहर, तीनैजनालाई सफाई
अग्नी सापकोटालाई सभामुख बनाउने नेकपाको निर्णय, उपसभामुख तुम्बाहाम्फेको राजीनामा आउने
अमेरिकी दूतावासबाट एमसीसीमा कुनै सैन्य विषय नजोडिएको स्पष्ट, कान छाम्ने कि ?
क्यामेरामा आएर रोइन आस्था राउत, कमेन्टमा उल्टै दर्शकको गाली !
प्रधानमन्त्रीको सम्पादकहरुलाई मुटु छाम्ने सुझाव दिएको भाषणमा के छ ?
काठमाडौंमा खुल्यो अष्ट्रेलियन एजुकेशन ईन्फर्मेसन सेन्टर, अष्ट्रेलिया आउनुअघि सम्पूर्ण जानकारी दिइने !
error: Content is protected !!