खुट्टामा हानेको गोली सिधै लागेपछि विप्लवका सर्लाही ईन्चार्जको गोली लागी मृत्यु


सर्लाहीमा प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीका कार्यकर्ताबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ।

प्रहरीको गोली लागि विप्लव समूहका नेता कुमार पौडेलको मृत्यु भएको दुई नम्बर प्रदेश प्रहरी प्रमुख हरि पालले जानकारी दिए। लालबन्दी नगरपालिका वडा नम्बर १ मा गोली हानाहान भएको हो। पौडेल विप्लवका जिल्ला इन्चार्ज हुन्। नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलका अनुसार लालबन्दीबाट सिन्धुलीतर्फ गइरहेका दुईवटा मोटरसाइकललाई प्रहरीले रोक्न खोज्दा गोली हानाहान भएको हो।

पौडेलको साथबाट पेस्तोल र गोलीसमेत बरामद गरेको प्रहरीले दाबी गरेको छ। प्रहरीले ना २२ प ५६ नम्बरको १ सय ५० सिसिको पल्सर मोटरसाइकल र अर्को अन टेष्ट लेखिएको मोटरसाइकल समेत फेला पारेको छ। दुईवटा मोटरसाइकलमा आएका चारजनाले प्रहरी माथि फायर खोलेको प्रवक्ता डिआइजी पोखरेलले बताए।

मारिएका पौडेलले बोकेको झोलाबाट थ्री नट थ्री राइफलको गोली र सिक्सर पेस्तोल समेत फेला पारेको प्रहरीले जानकारी दिएको छ। घटनामा बाँकी तीन जना भने भाग्न सफल भएका छन्।

मारिएका पौडेल चुरेभावर, नेकपा माओवादी, बैद्य नेतृत्वको माओवादी हुदै विप्लव समुहमा आएका थिए।

केही अघि भोजपुरको ट्याम्के मैयुङ गाउँपालिकामा पनि प्रहरीको गोली लागेर एक कार्यकर्ताको मृत्यु भएको थियो। गस्ती टोलीमाथि गोली प्रहार गर्न खोजेपछि प्रहरीको गोली लागि नेकपा नेता तीर्थराज घिमिरे मृत्यु भएको थियो।







सम्बन्धित समाचारहरू

अष्ट्रेलियाको एडिलेडमा भव्य बन्यो माघे सक्रान्ती
चौबन्दी गायिका राउतलाई पक्राउ गर्न प्रहरीलाई अनुमति, अभद्र व्यवहारमा मुद्दा चल्ने !
सञ्चारकर्मी रवि लामिछाने निर्दोष भएको जिल्ला अदालत चितवनको ठहर, तीनैजनालाई सफाई
अग्नी सापकोटालाई सभामुख बनाउने नेकपाको निर्णय, उपसभामुख तुम्बाहाम्फेको राजीनामा आउने
अमेरिकी दूतावासबाट एमसीसीमा कुनै सैन्य विषय नजोडिएको स्पष्ट, कान छाम्ने कि ?
क्यामेरामा आएर रोइन आस्था राउत, कमेन्टमा उल्टै दर्शकको गाली !
प्रधानमन्त्रीको सम्पादकहरुलाई मुटु छाम्ने सुझाव दिएको भाषणमा के छ ?
काठमाडौंमा खुल्यो अष्ट्रेलियन एजुकेशन ईन्फर्मेसन सेन्टर, अष्ट्रेलिया आउनुअघि सम्पूर्ण जानकारी दिइने !
error: Content is protected !!