प्रधानमन्त्रीको निर्देशनपछि रेशम चौधरीको नेल खोलियो, बाँध्नेलाई कारवाही हुने


दिपक मनांगे, चक्रे मिलन जस्ता गुण्डाहरु खुलेआम घुम्ने, जेलमै परेपनि उनीहरुले भीआईपी सुविधा पाउने तर एउटा कैद भुक्तान गरिरहेको अभियुक्तले भने अस्पतालमा जाँदा पनि नेल खानुपर्ने स्थिति नेपालका देखिएको छ । शनिबार यस्तै एउटा समाचार प्रकाशित भएपछि सामाजिक स्ञ्जालमा भाइरल भयो रेशम चौधरीको फोटो । उनको उपचार भइरहेको भनेर एउटा बेडमा राखिएको यिो । सँगै उनलाई फलामे सिक्रीले बाँधीएको थियो खुट्टामा । उनलाई यसरी नेल ठोकिएपछि धेरैले आलोचना गरे तर प्रधानमन्त्रीले तत्कालै यस प्रकरणमा संलग्न व्यक्तिलाई कारवाही गर्न मात्र निर्देशन दिएनन उनको नेल खोलेर उपचार गर्न पनि आदेश दिए । उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएका राजपाका निलम्बित सांसद रेशम चौधरीको खुट्टामा बाँधिएको नेल प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा हटाइको हो । बिहीबार अस्पताल भर्ना भएका रेशमलाई प्रहरीले सुरक्षाको कारण देखाउदै शैय्यामै फलामे नेल र हत्कडीले बाँधेर राखेको थियो। माथिको आदेश भन्दै नेल हटाइएको रेशमका भाइ मिथुलालले बताए। प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार ओलीले मुख्य सचिव लोकदर्शन रेग्मीलाई फोन मार्फत चौधरीलाई सिक्रीले बाँध्न आदेश दिनेलाई कारबाही गर्न निर्देशन दिएका हुन्। टीकापुर हत्याकाण्डको घटनामा कैद भुक्तान गरिरहेका निलम्बित सांसद चौधरीलाई उपचारका क्रममा नेल र हत्कडीले बाँधेर राखिएपछि विरोध भएको थियो।कैलाली जिल्ला अदालतले टीकापुर हत्याकाण्डको घटनामा रेशमलाई दोषी ठहर गर्दै जन्मकैद सुनाएपछि उनी कैद भुक्तान गरिरहेका छन् ।







सम्बन्धित समाचारहरू

नेकपाको स्कूल विभागमा नारायणकाजी र ईश्वर पोखरेलको कुरा नमिल्दा बैठक १६ दिनपछि मात्र
नेपालमा लगानी गर्न विश्वकै व्यापारीहरुलाई प्रधानमन्त्रीको आह्वान, झन्झट हटिसकेको स्पष्ट
सत्तारुढ नेकपाको एकता प्रक्रिया अर्को मोडमा, जिल्ला कमिटीको ईन्चार्ज र सहईन्चार्ज तोकियो (सूचिसहित)
नेकपाका दुई अध्यक्षबीचको असहमति हट्यो, महाधिवेशनअघि कुनै प्रतिस्पर्धा नहुने
रविन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटना प्रतिवेदन सार्वजनिक, खराब मौसम नै दोषी
प्रधानमन्त्रीको निर्देशनपछि रेशम चौधरीको नेल खोलियो, बाँध्नेलाई कारवाही हुने
गुठी विधेयकले निजी गुठीलाई समाप्त पार्ने दाबी
प्रधानमन्त्री युरोप जाने भएपछि नेकपाको सचिवालय बैठक स्थगित, गृहकार्य नपुगेको बहाना
error: Content is protected !!