विश्वकप क्रिकेटको उपाधि आयोजक बेलायतलाई, न्यूजिल्याण्डसँग बराबरी भएपछि सुपर ओभरमा निर्णय


सुपर ओभरमा आयोजक राष्ट्र इङ्ल्यान्डले न्युजील्यान्डलाई हराउँदै पहिलो पटक विश्वकप क्रिकेटको उपाधी हात पारेको छ। बराबरीमा टुंगिएपछि सुपर ओभरमा इङ्ल्यन्डले न्युजील्यान्डलाई जीतका लागि १६ रनको लक्ष दिएको थियो। एक ओभरमा न्युजील्यान्डका तर्फबाट ट्रेन्ट बोल्टले सुपर ओभर बलिङ् गरेका थिए। उनले १५ रन दिए। ब्याटिङ्मा इंग्लाण्डका बेन स्टोक्स र जोस बटलर थिए।

इंग्ल्याण्डका जोफ्रा आर्चरले सुपर ओभर बलिङ् गरेका थिए। मार्टिन गप्टिल र निसम ब्याटिङ्मा थिए। आखिरी बलमा २ रन जोड्न सफल भएको भए न्युजील्यान्ड रनर अपमै सीमित  हुनुपर्ने थिएन।

आइसीसी क्रिकेट वर्ल्ड कप २०१९ सुपर ओभरबाट छिनोफानो लागेको हो। फाइनलमा पुगेका न्युजील्यान्ड र इङ्ल्यान्डले समान २ सय ४१ रनमात्र जोड्न सकेकाले खेल सुपर ओभरमा पुगेको थियो।

यसअघि फाइनलमा पुगे पनि न्युजील्यान्ड र तीन पटक फाइनलमा पुगेर पनि विश्वकप चुम्न असफल आयोजक राष्ट्र इङ्ल्यान्डबीच आज रोमाञ्चक प्रतिस्पर्धा भएको थियो।

इंग्ल्याण्ड र वेल्समा भइरहेको १२औं संस्करणको विश्वकपमा ४७ खेलपछि घरेलु टोली इंग्ल्याण्ड र न्यूजिल्याण्ड फाइनलमा पुगेका थिए। लिग चरणमा तेस्रो र चौथो स्थानमा रहेका यी दुई टोलीले लिगको शीर्षस्थानमा रहेका भारत र अस्ट्रेलियालाई सेमिफाइनलबाट बाहिर्‍याएका थिए।

पहिलो इनिङ्समा न्युजील्यान्डले २ सय ४१ रनमात्र बनाउँदा इङ्ल्यान्डले सहज जिते निकाल्ने अपेक्षा गरिएको थियो। तर, दोस्रो इनिङ्समा न्युजील्यान्डको धारिलो बलिङले खेललाई फरक मोडमा पुर्‍यायो। निर्धारित ५० ओभर पूरै खेल्दै न्युजील्यान्डले ८ विकेटको क्षतिमा २ सय ४१ रन जोडेको थियो।

हेनरी निकोलसले न्युजील्यान्डका लागि सर्वाधिक ५५ रन जोडेका थिए। टम लेथमले ४७ रनको योगदान दिए भने केन विलियम्सले ३० रन बनाएका थिए। 

६.२ ओभरमा मार्टिन गुपटिल एलबीडब्लुबाट आउट भएपछि न्युजील्यान्डको रन रफ्तारमा केही ब्रेक लागेको थियो। केन विलियम्स क्याच आउट भएर दोस्रो विकेट पतन हुँदा १ सय २ रन जोडेको थियो। न्युजील्यान्डको मध्यक्रम त्यसपछि लड्खडायो। सत्ताइसौ ओभरमा हेनरी र चौतिसौं ओभरको सुरुमै रोज टेलर आउट हुँदा इङ्ल्यान्ड बलियो देखियो। तर, त्यसपछि सम्हालिँदै खेलेको न्युजील्यान्डले मध्यम स्तरको लक्ष पेश गर्न सक्यो।

दोस्रो इनिङ्स घरेलु मैदानमा आयोजकलाई सोचेजति सहज भने बनेन। २८ रन जोड्दा पहिलो विकेट गुमाएको इङ्ल्यान्डले २४ औं ओभरसम्म (२३.१ ओभर) ४ विकेट गुमाइसकेको थियो। त्यतिखेर उसको खातामा ८६ रनमात्र थियो।

मध्यक्रमका आएका बेन स्टोक्स र जस बटलरको जोडीले बलियो साझेदारी पेश गर्दा लड्खडाइसकेको इङ्ल्यान्ड घरेलु दर्शकबीच सम्हालिन पुग्यो। उनीहरुको साझेदारीले इङ्ल्यान्डलाई जित उन्मुख पुर्‍याएको थियो। मध्यक्रममा ब्याटिङमा आएको यी दुवै अर्धशतकीय पारी खेले। बलटर ५९ रन बनाएर फर्गुसनको बलमा क्याच आउट भए। ४७ ओभरको पहिलो बलमा नै फर्गुसनले छैटौं विकट लिएपछि इङ्ल्यान्डको यात्रा जोखिमपूर्ण बनेको थियो। इङ्ल्यान्डका लागि अन्तिम २ ओभरमा २४ रन आवश्यक थियो। ४८.३ ओभरमा घरेलु टिमले थप एक विकेट गुमाएपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो। ४९ ओभरका दुई बलमा एक/एक रन बटुलेको टिम इङ्ल्यान्ड थप दवावमा पुगेको थियो। स्ट्राइकमा रहेका वेन स्टोक्सले छक्का प्रहार गरेर बलरमाथि नै दवाव दिए तर त्यही ओभरको आखिरी बलमा इङ्ल्यान्डले विकेट गुमायो। अन्तिम ओभरमा इङ्ल्यान्डसामु जितका लागि १५ रन जोड्नुपर्ने अवस्था थियो भने खातामा २ विकेटमात्र बाँकी।

न्युजील्यान्डका ट्रेन्ड बोल्टले धारिलो बलिङ गर्दै दुई डट हाने। तेस्रो बलमा बेन स्ट्रोकले छक्का प्रहार गरे। ३ बलमा ९ रन चाहिन्थ्यो इङ्ल्यान्डका लागि। स्टोक्सले फेरि छक्का प्रहार गरे २ बलमा ३ रन आवश्यक थियो। जसले खेललाई निक्कै रोमाञ्चक बनायो।

१ बल र २ रन बाँकी रहँदा दर्शकहरुको सास नै रोकिने स्थिति बन्यो। फेरि विकेट। अन्तत: खेलमा इङ्ल्यान्डले पनि २ सय ४१ नै रन बनायो। स्टोक्सले  ८४ रनमा नटआउट रहे। त्योसँगै खेलको जित हार सुपर ओभरबाट निर्धारित भएको हो।







सम्बन्धित समाचारहरू

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल तिहारसम्ममा सञ्चालन गरिने, २ सय कर्मचारी प्रस्ताव
नेपाल विद्युत प्राधिकरणले अब स्मार्ट मिटर वितरण गर्ने, प्राविधिक परीक्षण जारी
प्रधानमन्त्री उपचारका लागि फेरि सिंगापुरतर्फ, उतैबाट मन्त्रिपरिषद्को बैठकको अध्यक्षता गर्ने
ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले अब एनआरएन आईसीसी उपाध्यक्षमा उम्मेद्वारी दिने
नेपाल आइपुगे भारतीय विदेशमन्त्री एस जयशंकर
पुडाशैनीको आत्महत्या प्रकरण : चितवन जिल्ला अदालतमा सञ्चारकर्मीलाई प्रवेश रोकेर बहस, पाँच दिन म्याद थप
सर्वदलीय बैठकमा देउवाले ओलीलाई भने, ‘तपाईंले जे भन्नुहुन्छ त्यो गर्नुहुन्न’
एनआरएन तास्मानियाको पहिलो काम, मानसिक स्वास्थ्य र सडक सुरक्षाबारे तालिम दिइँदै
error: Content is protected !!