नेपाली उत्पादनको लागि ऐतिहासिक फड्को, गोल्डस्टार जुत्ताको आधिकारिक शोरुम सिड्नीमा (with Video)


नेपालीहरुको संख्या अष्ट्रेलियामा बढेसँगै नेपाली उत्पादनहरुको माग पनि बढ्दै गएको छ । तर, कुनैपनि नेपाली सामानको आधिकारिक शोरुम नै खोल्ने तहसम्म भने अहिलेसम्म कुनै काम भएको थिएन । शनिबार पहिलो पटक नेपालमा बनेको कुनै सामानको आधिकारिक शोरुम अष्ट्रेलियामा खुल्ने ऐतिहासिक घटना हुँदै थियो । 

यही घटनाको साक्षी बन्दै थिए अष्ट्रेलियामा पहिलो नेपाली पाईला टेक्नेमध्येकै एक ईन्द्रा वन र नारायण प्रधान । उनीहरुसँगै पुगेका थिए अष्ट्रेलियाको ईतिहासमै पहिलो पटक संघीय संसदको उम्मेद्वार बनेका नेपाली दोश्रो पुस्ताका लिबरल युवा नेता पीजे श्रेष्ठ । साथमै थिए एनआरएन अष्ट्रेलियाका न्यूसाउथवेल्स कोअर्डिनेटर नन्द गुरुंग र वर्तमान सचिव एवं भर्खरैको निर्वाचनबाट न्यूसाउथवेल्स कोअर्डिनेट निर्वाचित देव गुरुंग । यति मात्र होइन, कार्यक्रममा हौसला दिनका लागि सिड्नीमा बसोबास गरेका धेरै नेपालीहरु शनिबार स्थानीय रकडेलमा खोलिएको गोल्डस्टारको शोरुम उद्घाटन कार्यक्रममा सरिक मात्र भएनन् उनीहरुले मेड ईन नेपाल लेखिएको गोल्डस्टार जुत्ता किनेर पनि लगे ।
खासमा मेड ईन नेपाल गोल्डस्टारको अष्ट्रेलिया यात्रासँग जोडिएको हुन्छ तीन जना निर्देशकहरु प्रदिप साह सुडी, रईसराज सत्याल, रोशन कायस्थमध्ये रईसराजको काठमाडौं यात्राको प्रसंगबाट । उनले नेपालको गोल्डस्टार ब्रान्डलाई किन अष्ट्रेलिया नल्याउने भन्ने छलफल आफ्ना दुई साथीहरु प्रदिप र रोशनसँग गरेपछि लगभग ६ महिनाभन्दा बढीको तयारीपछि गोल्डस्टार जुत्ता अष्ट्रेलियामा शोरुम खोल्ने अवस्थामा पुगेको हो । कार्यक्रममा तीनैजना निर्देशकको तर्फबाट बोल्दै प्रदिप साहले भने, “विदेशमा गएका युवाहरुले केही नयाँ सोचका साथ देशप्रतिको माया देखाउन सक्ने हो भने नेपालमा निकै गुणस्तरीय प्रोडक्टहरु छन् तिनलाई प्रबद्र्धन गर्ने कार्यमा सबै लाग्दा राम्रो हुन्छ जस्तो लाग्छ । हामीले सुरुमा रकडेलमा शोरुम खोलेपनि विस्तारै अष्ट्रेलियाभरमा यसलाई लैजान योजना पनि बनाएका छौं । जुन माया हामीले पाएका छौं यसले हाम्रो हौसला बढाएको छ ।”

उद्घाटन कार्यक्रमको सञ्चालन पत्रकार मनऋषि धितालले गरेका थिए भने मिस नेपाल अनुष्का श्रेष्ठ पनि गोल्डस्टार जुत्ताको शुभारम्भ कार्यक्रममा सहभागी हुने आयोजकहरुले जानकारी दिएपनि उनी भने सहभागी भइनन् ।

Watch Video:







सम्बन्धित समाचारहरू

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल तिहारसम्ममा सञ्चालन गरिने, २ सय कर्मचारी प्रस्ताव
नेपाल विद्युत प्राधिकरणले अब स्मार्ट मिटर वितरण गर्ने, प्राविधिक परीक्षण जारी
प्रधानमन्त्री उपचारका लागि फेरि सिंगापुरतर्फ, उतैबाट मन्त्रिपरिषद्को बैठकको अध्यक्षता गर्ने
ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले अब एनआरएन आईसीसी उपाध्यक्षमा उम्मेद्वारी दिने
नेपाल आइपुगे भारतीय विदेशमन्त्री एस जयशंकर
पुडाशैनीको आत्महत्या प्रकरण : चितवन जिल्ला अदालतमा सञ्चारकर्मीलाई प्रवेश रोकेर बहस, पाँच दिन म्याद थप
सर्वदलीय बैठकमा देउवाले ओलीलाई भने, ‘तपाईंले जे भन्नुहुन्छ त्यो गर्नुहुन्न’
एनआरएन तास्मानियाको पहिलो काम, मानसिक स्वास्थ्य र सडक सुरक्षाबारे तालिम दिइँदै
error: Content is protected !!