सिड्नीमा नेपाली हिन्दु समाज अष्ट्रेलियाको श्रीमद् भागवत सप्ताह सम्पन्न


हिन्दु समाज अष्ट्रेलियाले आयोजना गरेको धार्मिक अनुष्ठान सम्पन्न भएको छ । गत जुलाई १४ तारिख कार्यक्रम विधिवत सम्पन्न गरिएको हो । नेपालका जगतगुरु १००८ महायोगी कृष्णदास महाराजको प्रमुख आतिथ्यमा श्रीमद् भागवत लगायतका धार्मिक कार्यक्रम भएका थिए ।
अष्ट्रेलियामा नेपाली धर्म, सँस्कार र सँस्कृतिको जगेर्ना र प्रबर्द्धन गर्ने प्रमुख उद्धेश्यका साथ आयोजना गरिएको सप्ताहब्यापी अनुष्ठानमा सामुहिक ब्रतबन्ध, गुन्युचोली, पितृमोक्ष अनुष्ठान, ज्ञान महायज्ञ र भागबत बाचन भएको थियो । जगदगुरू कृष्णदासबाट पशुपतसिद्ध योग ध्यान साधना सञ्चालन भएको थियो भने पं. कुबेर सुबेदीबाट श्रीमद् भागवत कथा बाचन भएको थियो । सँगितीक भजन प्रस्तुती ॐकार ध्वनीका मुकुन्द शर्माले गरेका थिए ।
सातै दिन उल्येख्य भक्तजनहरुको उपस्थिति रहेको कार्यक्रम सम्पन्न गर्न आबश्यक खर्च सिड्नी अबस्थित बिभिन्न ब्यापारी बर्ग र भक्तजनहरुको सहयोगमा भएको थियो । कार्यक्रमलाई सम्पन्न गर्न अष्ट्रेलियामा रहेको युबाहरुको एक सँस्था भिजन फर मोटिभेसनले स्वयंसेबकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा सँकलित सहयोग रकम खर्च कटाएर सिड्नीमा निर्माण गर्न लागिएको नेपाली मन्दिरलाई प्रदान गर्ने सँस्थाका कोषाध्यक्ष पं। प्रकाश ढोडारीले जानकारी दिए । कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पूर्णमा सँस्थाको तर्फबाट सँस्थाकी अध्यक्ष प्रन्चु शर्माले धन्इवाद दिएकी छिन् ।







सम्बन्धित समाचारहरू

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल तिहारसम्ममा सञ्चालन गरिने, २ सय कर्मचारी प्रस्ताव
नेपाल विद्युत प्राधिकरणले अब स्मार्ट मिटर वितरण गर्ने, प्राविधिक परीक्षण जारी
प्रधानमन्त्री उपचारका लागि फेरि सिंगापुरतर्फ, उतैबाट मन्त्रिपरिषद्को बैठकको अध्यक्षता गर्ने
ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले अब एनआरएन आईसीसी उपाध्यक्षमा उम्मेद्वारी दिने
नेपाल आइपुगे भारतीय विदेशमन्त्री एस जयशंकर
पुडाशैनीको आत्महत्या प्रकरण : चितवन जिल्ला अदालतमा सञ्चारकर्मीलाई प्रवेश रोकेर बहस, पाँच दिन म्याद थप
सर्वदलीय बैठकमा देउवाले ओलीलाई भने, ‘तपाईंले जे भन्नुहुन्छ त्यो गर्नुहुन्न’
एनआरएन तास्मानियाको पहिलो काम, मानसिक स्वास्थ्य र सडक सुरक्षाबारे तालिम दिइँदै
error: Content is protected !!